Like us!
Follow us!
Connect us!
Watch us!

असारे विकास शैलीको पूनरावर्ती : २५ दिनमा ५२ अर्ब विकास खर्च

अर्थ संसार

आइतबार, २६ असार २०७९, १६ : ३८ मा प्रकाशित

असारे विकास शैलीको पूनरावर्ती : २५ दिनमा ५२ अर्ब विकास खर्च

असारमा आएर ठूलो बजेट खर्च गर्ने प्रवृत्ति चालु आर्थिक २०७८/०७९ मा समेत दोहोरिएको छ । यसवर्ष पछिल्लो २५ दिनमा मात्रै विकास खर्च ५२ अर्ब रुपैयाँ भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार ३१ जेठ २०७९ मा विकास खर्च १३७ अर्ब रुपैयाँ मात्र रहेकोमा २५ जेठ २०७९ सम्म पुग्दा विकास खर्च १८९ अर्ब पुगेको छ । 

शनिबार मात्र १५ अर्ब रुपैयाँ बराबर पूँजीगत खर्च भएको छ । शुक्रबारसम्म १७४ अर्ब रुपैयाँ रहेको पूँजीगत बजेट खर्च शनिबार १८९ अर्ब पुगेको तथ्यांक छ । यससँगै अब पूँजीगत विकास वार्षिक लक्ष्यको ५० प्रतिशत छोएको छ । यस आर्थिक वर्षमा सरकारले ३ खर्ब ७८ अर्ब रुपैयाँ विकास खर्च गर्ने लक्ष्य राखेको छ ।

विकास खर्चसँगै चालु र वित्तीय व्यवस्थातर्फको भुक्तानी समेत असार लागेसँगै उल्लेख्य बढेको छ । ३१ जेठमा १० खर्ब ३५ अर्ब रुपैयाँ रहेको कुल बजेट खर्च २५ दिनमा २ सय २ अर्बले बढेर १२ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ । यो कुल विनियोजित बजेटको ८९.०५ प्रतिशत हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको