Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप क्रिकेट लिग–२ मा नेपालले स्कटल्यान्ड र नामिबिया संग प्रतिस्पर्धा गर्ने

अर्थ संसार

आइतबार, २६ असार २०७९, १७ : १८ मा प्रकाशित

विश्वकप क्रिकेट लिग–२ मा नेपालले स्कटल्यान्ड र नामिबिया संग प्रतिस्पर्धा गर्ने

आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज आईतबारदेखि स्कटल्यान्डमा हुँदैछ। सिरिजको पहिलो खेलमा घरेलु टिम स्कटल्यान्ड र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ। नेपालले आफ्नो पहिलो खेल सोमबार नामिबियासँग खेल्नेछ। 

सिरिजका लागि नेपाली टिम क्यानडामा तयारी गरेर स्कटल्यान्ड पुगेको हो। क्यानडामा नेपालले स्थानीय टिम ओन्टारियोसँग २ वटा टी–२० खेल खेलेको थियो। दुवै खेलमा नेपाल विजयी भएको थियो।

लिग–२ को सिरिजका लागि पहिलो पटक स्कटल्यान्ड पुगेको नेपालका लागि सिरिज सहज छैन। एसोसिएट क्रिकेटमा स्कटल्यान्ड बलियो टिममा पर्छ। राम्रो एक्सपोजर र राम्रो घरेलु क्रिकेट वातावरण भएका कारण स्कटल्यान्डले एसोसिएट क्रिकेटमा लगातार राम्रो प्रदर्शन गर्दै आएको छ। नामिबिया पनि पछिल्लो समय लयमा छ।

नेपाली टिम
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन शरार्फ र विनोद भण्डारी।

नेपालको खेल
नेपाल भर्सेस नामिबिया – असार २७
नेपाल भर्सेस स्कटल्यान्ड –  असार २९
नेपाल भर्सेस नामिबिया –  असार ३२
नेपाल भर्सेस स्कटल्यान्ड – साउन १
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको