Like us!
Follow us!
Connect us!
Watch us!

थप ३ कम्पनीले पाए आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति

अर्थ संसार

सोमबार, २७ असार २०७९, १३ : ०५ मा प्रकाशित

थप ३ कम्पनीले पाए आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति

सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेड, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डबाट अनुमति प्राप्त गरेका छन् । बाेर्डले दुई संस्थालाई असार २४ गते बसेकाे बाेर्डकाे बैठकबाट र सिक्लेस हाइड्राेलाई असार २३ गते अनुमति प्रदान गरेकाे हाे ।

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण सेयर आईपीओ निष्कासन गर्न सेबाेनमा निवेदन दिएकाे थियाे ।  कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ ।

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ९ कराेड ७५ लाख रूपैयाँ बराबरकाे ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न चैत्र ३० गते सेबाेनमा निवेदन दिएकाे थियाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।

त्यसैगरी, सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २० कराेड रूपैयाँ बराबरकाे २० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न कार्तिक २९ गते सेबाेनमा निवेदन दिएकाे थियाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको