Like us!
Follow us!
Connect us!
Watch us!

अर्थ मन्त्रालयसँग जनार्दन शर्माबारे कागजात र विवरण मागिने

अर्थ संसार

मंगलबार, २८ असार २०७९, १८ : ०२ मा प्रकाशित

अर्थ मन्त्रालयसँग जनार्दन शर्माबारे कागजात र विवरण मागिने

निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले बुधबार अर्थ मन्त्रालयसँग उनीसँग सम्बन्धित कागजात र विवरण माग्ने भएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको पहिलो बैठकले समितिको कार्यविधि पारित गरेको छ ।

समिति सचिव सुरेन्द्र अर्यालले आजको बैठकमा सर्वसम्मतिबाट समिति सभापति छान्ने निर्णय पनि भएको बताए। ‘त्यसका लागि सदस्यहरूले आन्तरिक छलफल गर्ने भन्ने भएको छ,’ उनले भने।

बुधबार बस्ने बैठकमा सभापतिको टुंगो लाग्ने छ।आजको बैठको सभापतित्व जेष्ठ सदस्यका हैसियतमा लोसपा सांसद लक्ष्मणलाल कर्णले गरेका थिए। समितिमा एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र विमला विक, नेपाली कांग्रेसबाट पुष्पा भुसाल गौतम र सीताराम महतो, नेकपा माओवादी केन्द्रबाट देवप्रसाद गुरूङ र शक्तिबहादुर बस्नेत, नेकपा एकीकृत समाजवादीकी सरलाकुमारी यादव, जसपाका सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण छानबिन समितिमा छन्।

समितिलाई  छानबिन गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटाले १० दिन छुट्याएका छन्। पहिलो बैठक बसेको १० दिनभित्र समितिले रिपोर्ट तयार पारिसक्नुपर्ने छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको