Like us!
Follow us!
Connect us!
Watch us!

धमाधम राेक्का हुँदै बीमा कम्पनीको कारोबार, फेरि २ वटा थपिए

नेप्से

बुधबार, २९ असार २०७९, ११ : १४ मा प्रकाशित

धमाधम राेक्का हुँदै बीमा कम्पनीको कारोबार, फेरि २ वटा थपिए

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा फेरि २ बीमा कम्पनीकाे काराेबार राेक्का भएकाे छ । सानिमा लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड र रिलायन्स लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे काराेबार राेक्का भएकाे हाे । 

सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड र रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडबीच आज असार २९ गते, बुधबार बिहान एक आपसमा गाभ्ने गाभिने (Merger) सम्बन्धी समझदारी पत्र (MOU) मा हस्ताक्षर भएको छ ।

साेही कारण कम्पनीहरूले एक आपसमा गाभ्ने गाभिने (Merger) प्रयोजनका लागि आ-आफ्नो कम्पनीहरुको धितोपत्रको कारोबार रोक्का राख्नका लागि नेप्सेमा निवेदन दिएका हुनाले आज असार २९ गते, बुधबारदेखि लागू हुने गरी उक्त कम्पनीहरुको धितोपत्रको कारोबार रोक्का राखिएको नेप्सेले जनाएकाे छ ।

सानिमा लाइफ र रिलायन्स लाइफबीच मर्जर सम्झौता, स्वाप अनुपात १ : १

बीमा समितिले जेठ २३ गते सोमबार एक निर्देशन गरी गर्दै सबै बीमा कम्पनीहरुलाई २०७९ आषाढ मसान्त सम्म मर्जरमा जान सहमतिपत्रमा हस्ताक्षर गर्न र मर्जरको सम्पूर्ण प्रक्रिया २०८० आषाढ मसान्त सम्म पूरा गर्न आव्हान गरेको थियो ।

आषाढ मसान्त सम्म मर्जरमा जाने कम्पनीलाई छुटको व्यवस्था गरेको छ। सूचनामा सेयरधनीले आफ्नो सेयर मर्जरको मितिले २ वर्षसम्म विक्रीवितरण गर्दा बिक्री गरिएको सेयरमा पूँजीगत लाभ कर नलाग्ने, सेयरधनीलाई वितरण गरेको लाभांस कर नलाग्ने साथै कर्मचारीको अवकाशमा कर छुट दिने कुरा उल्लेख गरेको थियो । बीमा समितिले तोकेको चुक्ता पुँजी पूरा गर्न मर्जरमा जाने कम्पनीलाई उक्त सुविधा प्राप्त गर्नका निम्ति २०७९ आषाढ मसान्त भित्र सम्बन्धित निकायमा आवेदन दिनुपर्ने जनाएको हो । 

पछिल्लाे समय बीमा कम्पनीहरूबीच मर्जरकाे लहर चल्दा दाेश्राे बजारमा काराेबार राेक्का हुने कम्पनीहरूकाे क्रम हरेक दिन जसाे थपिएकाे छ । कम्पनीहरूकाे काराेबार राेक्का हुँदा त्यसकाे प्रत्यक्ष मारमा लगानीकर्ताहरू परेका छन् । 

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

62ce5a265f910.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको