Like us!
Follow us!
Connect us!
Watch us!

साल्ट ट्रेडिङ्गको ३ आर्थिक बर्षको लाभांश बैंक खातामा जम्मा, नआए के गर्ने ?

अर्थ संसार

विहीबार, ३० असार २०७९, ०७ : ०० मा प्रकाशित

साल्ट ट्रेडिङ्गको ३ आर्थिक बर्षको लाभांश बैंक खातामा जम्मा, नआए के गर्ने ?

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले नगद लाभांश सम्बन्धित सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । कम्पनीले विभिन्न मितिमा सम्पन्न भएका ५१ औं, ५२ औं र ५३ औँ वार्षिक साधारणसभाबाट पारित हरेक बर्षको १० प्रतिशत नगद लाभांश असार १६ गतेसम्म बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा जम्मा भइरहेको जनाएको छ । 

हितग्राही खातामा आफ्नो बैंकको खाता अद्यावधिक नगराएका शेयरधनीहरुलाई तत्काल खाता नम्बर अद्यावधिक गराउन कम्पनीले आग्रह गरेको हो । 

साथै उक्त कम्पनीको सेयर बुक क्लोज अघिसम्ममा धितो बन्धक राखी कर्जा लिएका सेयरधनीको नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर प्राप्त भए पश्चात मात्र बैंक खातामा जम्मा गरिने र सो मिति पश्चात कर्जा चुक्ता भुक्तानी गरेका सेयरधनीको हकमा सम्बन्धित बैक तथा वित्तीय संस्थाको फुकुवा पत्र प्राप्त भए पश्चात मात्र बैंक खातामा जम्मा गरिने पनि कम्पनीले जनाएको छ ।

कम्पनीले प्रकाशन गरेको सूचनाः

62cf6e7489987.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको