सामाजिक सञ्जाल कम्पनी ट्विटरले टेस्लाका प्रमुख एलन मस्कको कम्पनीसँग ४४ अर्ब डलरको सम्झौता पूरा गराउन अदालतको ढोका ढक्ढकाएको छ । ट्विटरले अमेरिकी डेलावेयर अदालतलाई एलन मस्कलाई प्रति ट्विटर शेयर ५४.२० डलरको हिसाबले सम्झौता पूरा गर्न आदेश दिन आग्रह गरेको हो ।
एलन मस्कले शुक्रबार आफूले ट्विटर नकिन्ने घोषणा गरेपछि ट्विटरले कानुनी लडाइँ लड्ने निर्णय गरेको थियो । उनले पटकपटक सम्झौताका सर्त तोडेकाले आफू पछि हटेको आरोप लगाएका छन् । उनले नक्कली अकाउन्टको संख्याबारे ट्विटरले जानकारी नदिएको बताए । एलन मस्कले ट्विटर किन्नको लागि अप्रिलमा एउटा सम्झौतामा हस्ताक्षर गरेका थिए । यो सम्झौता ४४ अर्ब डलरमा भएको थियो।
तर त्यसको अर्को महिना मेमा उनले यो सम्झौता ‘अस्थायी रुपमा होल्ड’ मा भएको जानकारी दिए । उनले ट्विटरको नक्कली र स्प्याम खाताको संख्यासँग सम्बन्धित आँकडाको प्रतिक्षा गरिरहेको पनि बताए । मुद्दामा एलन मस्कमाथि मर्जर सम्झौता उल्लंघन गरेको आरोप लगाइएको छ । साथै, ट्विटरले अब उनको व्यक्तिगत हित पूरा नगर्ने भएकोले उनी यो सम्झौताबाट पछि हटेको पनि आरोप लगाइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस