Like us!
Follow us!
Connect us!
Watch us!

अप्पर सोलु हाइड्रोको आईपीओ बाँडफाँड, कसरी हेर्ने रिजल्ट ?

अर्थ संसार

विहीबार, ३० असार २०७९, १२ : २९ मा प्रकाशित

अप्पर सोलु हाइड्रोको आईपीओ बाँडफाँड, कसरी हेर्ने रिजल्ट ?

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेकाे साधारण सेयर (आईपीओ) आज (असार ३० गते, बिहीबार) बाँडफाँड भएकाे छ । 

उक्त आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलकाे कार्यालयमा एक कार्यक्रम आयाेजना गरी बाँडफाँड गरिएकाे हाे । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । जसमध्ये जारी पूँजीको २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी १८ लाख २० हजार ४७५  कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे । 

मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे छ । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा भाग्यमानी १ लाख ८२ हजार ४७ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । तिनैमध्ये ५ जनाले थप १–१ कित्ता सेयर पाएका छन् ।  

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म १४ लाख ४६ हजार ९ सय ८५ जना लगानीकर्ताहरूले कुल १ करोड ६१ लाख ८६ हजार ५ सय ५० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमध्ये १ हजार ७ सय ९१ जना लगानीकर्ताकाे २६ हजार १ सय ७० कित्ता सेयर रद्ध भएकाे छ । 

कसरी हेर्ने रिजल्ट ?

कम्पनीकाे आईपीओकाे नतिजा एनएमबि क्यापिटलको वेबसाइट, निष्काशनकर्ता कम्पनी हिमालयन हाइड्रोपावरको वेबसाइट तथा मेरो सेयरको आईपीओ रिजल्टको वेबसाइटबाट हेर्न सकिनेछ । त्यस्तै, प्ले स्टोरबाट सेयर हब एप्लिकेसन डाउनलोड गरी एकै पटकमा धेरै आईपिओको नतिजा समेत हेर्न सकिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको