अपि पावर कम्पनी लिमिटेडले वार्षिक ४००० मेट्रिक टन हाइड्रोजन उत्पादन गर्न सक्ने ५० मेगावाटको हाइड्रोजन परियोजना विकास गर्न १००० करोड लगानी गर्न सहमत भएको छ ।
अपिले ऊर्जा सङ्कट समाधान गर्न देशमा प्रचुर मात्रामा उपलब्ध पानी र नवीकरणीय स्रोतको उपयोगबाट विद्युत उत्पादन गर्न र करोडौलाई जैविक इन्धन खपतबाट बचाउने उदेश्यका साथ भखरै, अपि पावर नेपालले ग्रीनजो एनर्जी प्रा लिमिटेड भारतलाई ऊर्जा भण्डारणको लागि ग्रीन हाइड्रोजन र उर्वरक उत्पादनको लागि हरियो अमोनियाको संयुक्त विकासका लागि ईपीसी ठेकेदार र परामर्शदाताको रूपमा नियुक्त गरी दुई पक्षबीच सम्झौतामा हस्ताक्षर गरिएको छ।
नेपालमा हरित हाइड्रोजनको सम्भावना
नेपालको जैविक इन्धनमा ठूलो निर्भरता रहेछ जसले गर्दा वार्षिक रुपमा करिब २०० अर्ब रुपैयाँ खर्च हुने गर्दछ । नेपालमा जलविद्युत र नवीकरण ऊर्जा जस्ता प्राथमिक स्रोतहरू बाहेक अरु वैकल्पिक ऊर्जाका स्रोतहरू छैनन् । प्राथमिक स्रोतहरू जस्तै कोइला, ग्याँस वा तेलको लागि पनि अधिकांश रुपमा विभिन्न राष्ट्रहरूबाट आयात गर्नु पर्दछ र यसको लागि पनि कुनै भण्डारको व्यवस्था छैन । नेपाल परिवर्तनशील र अतिरिक्त जलविद्युतमा प्रशस्त पहुँच भएको देश हो । २०५० सम्ममा ६ गुणाले बढ्ने अपेक्षा गरिएको भण्डारणको आवश्यकता पुर्तिका लागि तयार भएको छ ।
जलविद्युतले कोइला, तेल र ग्यास जस्ता कार्बन-सघन ऊर्जा स्रोतहरूको प्रयोगलाई कमि गर्दछ र यसले मुख्य ग्रिडमा सौर्य र वायु उर्जा जस्ता अन्य अन्तरिम नवीकरणीय ऊर्जामा आधारित उर्जा उत्पादन गर्ने स्रोतहरूको एकीकरणमा पनि मद्दत गर्दछ । जसले अर्थतन्त्रहरूलाई न्यून-कार्बनको विकास मार्गमा लैजान सहयोग पुग्दछ । धेरै (२००००) मेगावाट नवीकरणीय जलविद्युत परियोजनाहरूको विकास कार्य हुँदै गइरहेका छन् तर नवीकरणीय जलविद्युतको मुख्य चुनौती भनेको मौसमीता हो जसले गर्दा उत्पादन क्षमतामा कमि हुन्छ। विभिन्न तथ्याङ्गका अनुसार २०२१ को अति आवश्यक समय (पिक आवर) मा उत्पादनको भएकाले आवश्यकताको ३८ प्रतिशत विद्युत भारतबाट आयात गरेर पूर्ति हुने गरेको छ । तसर्थ हालको नतिजाले सरकारले सन् २०२८ सम्ममा ३५०० मेगावाटका जलविद्युत आयोजनाहरू थप्ने देखाएको छ । मौसमी परिवर्तनका कारण जलविद्युत उत्पादनमा हुने पीपीएको दरमा नवीकरणीय ऊर्जाको मूल्यमा केहि घटौति गरिएको छ । एडीबीका अनुसार नेपालको प्रतिव्यक्ति विद्युत खपत विश्वको औसतको २० भाग हुने गरेको छ।
फाइदाहरू
रणनीतिक रुपमा लाभ प्राप्त गर्नको लागि उत्पादन गरिएको अतिरिक्त ऊर्जाको लागि व्यवहारिक भण्डारण गर्नु हो । बिजुलीमा रूपान्तरण गर्दा उच्च ऊर्जा घनत्व र कुनै उत्सर्जन नहुने जस्ता सुविधाहरूको कारणले भण्डारणको लागि उत्कृष्ट विकल्प हाइड्रोजन हो । देशको हाइड्रोजनको मागमा बहु गुणा वृद्धिको मुख्य सम्भावना उत्पादन गरिएको हरित हाइड्रोजनको मुख्य प्रयोग हो । त्यस्तै, विद्भुत प्रसारण (पावर बफर) जलविद्युतको नवीकरणीय ऊर्जामा भएका अवरोधहरुको समाधान गर्ने उत्कृष्ट माध्यम हो । उत्पादित ऊर्जा औद्योगिक उपयोग जस्तै रसायन र इस्पात निर्माणमा प्रयोग गर्न सकिन्छ । यो हाल जैविक इन्धनहरूमा निर्भर व्यावसाय र बिजुली आपूर्तिको लागि वैकल्पिक स्रोत हो । यो हालका वर्षहरूमा द्रुत रुपमा लोकप्रिय भइरहेको इलेक्ट्रकल भेकल जस्ता यातायातको लागि पनि उपयोगी छ । जसको मागले दशभर नै ठूलो मात्रामा वृद्धि सम्भावना देखाउँछ।
हाइड्रोजन उत्पादनको सम्भावनाः
आगामी सन् २०२२ सम्ममा २१०२ गेह (२० प्रतिशत उपयोगिता) को अतिरिक्त ऊर्जा, ८,४१० टन हाइड्रोजन र ८०,००० टन हरियो हाइड्रोजनले वार्षिक ८,००,००० टन युरिया मलको वर्तमान राष्ट्रिय माग पूरा गर्न सक्छ । त्यस्तै, सन् २०२८ सम्ममा नेपालको यातायात र औद्योगिक क्षेत्रबाट हाइड्रोजनले करिब १२ लाख किलोलिटर पेट्रोल प्रतिस्थापन गर्न सक्नेछ । हाइड्रोजन उत्पादनका गैर-हरियो (नीलो वा खैरो स्रोतहरू दीर्घकालीन रूपमा वा व्यवहारिक रुपमा दिगो हुँदैनन। नेपालको भारी मात्रामा आयातमा निर्भरता रहको प्राकृतिक ग्यासले हरित हाइड्रोजनलाई एसएमआर विधिलाई दिगो बनाउन सहयोग गर्दछ । कच्चापदार्थको अव्यवहारिक आपूर्तिले बायो ग्यासिफिकेशन जस्ता विधिहरू र देशमा अतिरिक्त जलविद्युत क्षमताको उत्तम उपयोग अस्वीकार गर्छ।
अपि र ग्रीनजोको सहकार्यका लाभहरूः
अपि पावर कम्पनी लिमिटेड नेपालको पावर क्षेत्रको प्रमुख कम्पनी हो। जसको मुख्य व्यवसाय भनेको राष्ट्रिय ग्रिडमा विन उत्पादन र आपूर्ति हो। अपिको स्वामित्वमा रहेको जलविद्युत आयोजनाहरुमा नौगढ गाड साना जलविद्युत आयोजना (= मेगावाट), माथिल्लो नौगढ गाड साना जलविद्युत आयोजना (८ मेगावाट), माथिल्लो चमेलिया जलविद्युत आयोजना (४० मेगावा ढल्केबर १ मेगावाटको सोलार पीभी आयोजना, परवानीपुर ८ मेगावाटको सोलार पीभी आयोजना सिमरा १ मेगावाटको सोल पीभी परियोजना, चन्द्रनिगापुर ४ मेगावाटको सोलार पीभी आयोजना छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस