Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा बन्यो सिमेट्रिकल ट्रयाङ्गल प्याटर्न, बजारको यात्रा यस्तो रहन सक्ने

बसन्त पाण्डे

आइतबार, ०१ साउन २०७९, १७ : ५३ मा प्रकाशित

नेप्सेमा बन्यो सिमेट्रिकल ट्रयाङ्गल प्याटर्न, बजारको यात्रा यस्तो रहन सक्ने

नेप्सेको १ घन्टे चार्टमा सिमेट्रिकल ट्रयाङ्गल प्याटर्न बनेको छ। बजार १९९० बाट माथितिर लागेको थियो।  १९९० बाट २०१८ को बिन्दुसम्म पुगेको बजार फेरी घटेर २००० कै बिन्दुमा आइपुग्यो।  फेरी २००० को बिन्दुबाट २०१६ सम्म पुग्यो र घटेर २००५ को बिन्दुसम्म आयो। यो क्रममा सपोर्ट लाइनमा हाइयर हाइ बन्दै गएको देखिन्छ भने रेसिस्टेन्समा लोअर लो बनेको छ। प्राविधिक विश्लेषणमा पछिल्लो समय नेप्सेमा बनेको प्याटर्नलाई सिमेट्रिकल ट्रयाङ्गल प्याटर्न भनिन्छ। अब यदि बजार २०१५ भन्दा माथितिर गयो भने बजार बढ्ने देखिन्छ भने २००५ को बिन्दु भन्दा तलतिर क्लोजिंग दियो भने बजार घट्ने देखिन्छ। हुन त यो निकै सानो अवधिको (१ घण्टा ) को चार्ट प्याटर्न हो तर बजारमा क्विक डिसिजन लिनेहरुका लागि भने यसले महत्वपूर्ण संकेत गर्ने गर्दछ।  

डेली चार्टमा के देखियो ?

डेली चार्टमा बजार साइडवेजमा रहेको देखिन्छ। मौद्रिक नीतिको पुर्वसन्ध्यामा बजारको मुभमेन्टलाई सबै लगानीकर्ताहरुले निकै नजिकबाट हेरिरहेका छन्। आज डेली चार्टमा बनेको डोजि क्यानडलले पनि त्यहि संकेत गरेको छ। बजारमा खरिद र बिक्रि गर्ने लगानीकर्ता हरुको संख्या लगभग बराबर रहेको देखिन्छ। यस्तो अवस्थामा भोलिका दिनमा यदि बजार २०२० भन्दा माथितिर लागेमा बजार बढ्ने तर १९९५ भन्दा तलतिर क्लोजिंग भयो भने बजार घटेर तलतिरै जानसक्ने सम्भावना रहन्छ।  

62d3fc06e2c7e.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको