Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रालयले जेठको फुटेज भए वा नभएको जवाफसमेत नदिएको विशेष समितिको गुनासो

अर्थ संसार

सोमबार, ०२ साउन २०७९, ०६ : ३४ मा प्रकाशित

अर्थमन्त्रालयले जेठको फुटेज भए वा नभएको जवाफसमेत नदिएको विशेष समितिको गुनासो

आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेटको करका  दर  हेरफेरमा  अनधिकृत  व्यक्ति  प्रवेशको  छानबिन  गरिरहेको  संसदीय  विशेष  समितिलाई  सीसीटीभी फुटेज दिन अर्थ मन्त्रालयले आनाकानी गरेको छ । मन्त्रालयलाई दुई पटक ताकेता गर्दा पनि जेठको सीसीटीभी फुटेज समितिले नपाएको हो तर असार महिनाको फुटेज भने समितिलाई मन्त्रालयले दिएको  छ  ।  

समितिलाई जेठको फुटेज भए वा नभएको जवाफसमेत मन्त्रालयले दिएको छैन । लिखित रूपमा फुटेज भए वा नभएको जानकारी दिन समितिले मन्त्रालयलाई पुनः ताकेता गरेको छ । 

समितिले बिहीबार दिउँसो २ बजेसम्मको  समय  दिएर  पहिलो पटक फुजेट मागेको थियो । समयमा प्राप्त नभएपछि समितिका सदस्यले मन्त्रालयमै स्थलगत रूपमा समेत अनुगमन गरेको थियो । विशेष समितिले आइतबारसम्म अर्थ मन्त्रालयका प्राविधिक, बजेट र प्रशासन महाशाखाका प्रमुख तथा दुई सचिवसँग छलफल गरिसकेको छ । समिति सचिव सुरेन्द्र अर्यालका अनुसार अहिलेसम्मका कामकारबाहीको समीक्षापछि नयाँ कार्ययोजना अघि बढाइनेछ ।

“हामीले अहिलेसम्म अर्थ मन्त्रालयका प्रशासनिक नेतृत्वमा हनुभएका, महाशाखाको जिम्मेवारीमा रहनुभएका र प्राविधिक व्यक्तिसँग परामर्श गरेका छौँ । अब हामी अहिलेसम्मको  कामको समीक्षा गर्छौं, त्यसपछि कसरी अघि बढ्ने निक्र्यौल गर्छौं,” सचिव अर्यालले भने । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको