Like us!
Follow us!
Connect us!
Watch us!

भक्तपुरमा किन गरियो लोडसेडिङ

विहीबार, १९ साउन २०७४, ११ : ५५ मा प्रकाशित

भक्तपुरमा किन गरियो लोडसेडिङ

अर्थ संसार, काठमाडौँ–  नेपाल विद्युत प्राधिकरणले आज  भक्तपुरका विभिन्न १० ठाउँमा विद्युत कटौती गर्ने भएको छ । वितरण लाइन मर्मत गर्नुपर्ने हुँदा सेवा प्राधिकरणले ५ घन्टा विद्युत कटौती गर्ने भएको छ ।

वितरण लाइन मर्मत गर्नुपर्ने हुँदा सेवा अवरुद्ध हुने भएको हो ।प्राधिकरणका अनुसार निकोसेरा, राधेराधे, नयाँ ठिमी, गठ्ठाघर, कौशलटार, बालकोट, लोकन्थली, दधीकोट, गुन्डु र सानोठिमी क्षेत्रमा विद्युत कटौती हुने छ ।

 बिहान ११ देखि अपरान्ह ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने प्राधिकरण भार प्रेषण केन्द्रका उपप्रबन्धक दीपक धितालले जानकारी दिए ।

प्राधिकरणले विगत २ महिनादेखि उपत्यकालगायत देशका विभिन्न ठाउँका सबस्टेसन, प्रसारण तथा वितरण लाइन मर्मत गर्नेक्रममा विद्युत कटौती गर्दै आएको छ । पछिल्लो समय अग्रिम जानकारी दिएरमात्र विद्युत कटौती हुने गरेको छ ।अवरुद्ध हुने भएको हो ।

प्राधिकरणले विगत २ महिनादेखि उपत्यकालगायत देशका विभिन्न ठाउँका सबस्टेसन, प्रसारण तथा वितरण लाइन मर्मत गर्नेक्रममा विद्युत कटौती गर्दै आएको छ । पछिल्लो समय अग्रिम जानकारी दिएरमात्र विद्युत कटौती हुने गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको