अर्थ संसार, काठमाडौं– पूजा इन्टरनेशल नेपाल प्राइभेट लिमिेटडले आज एक समारोहका बीच नयाँ एमरोक कारलाई प्रस्तुत गरेको छ ।
एमरोकले अरु पिकअपले गर्न नसक्ने अन्तर देशीय गतिशिलता, कार्यदक्षता र लचकतालाई संयोजन गर्दछ । फक्सवागेनको निर्माण क्वालिटीमा ढाकिएको र मोटो धर्का परेको फ्रेमको च्यासिसमा तयार पारिएको एमरोक पूर्ण रुपमा स्मार्ट प्रविधि र डिजाइनमा आधारित छ ।
एमरोकको शक्तिशाली २.० लिटर टिडिआइ बाइटर्बो इन्जिनले टर्क, इन्धन खपत र कार्बनडाइ अक्साइड निष्काशनमा नयाँ मापदण्ड कायम गरेको छ ।
सार्न मिल्ने र स्थायी ४ मोसनको सबै ह्वील ड्राइभ प्रणालीका साथै चालकलाई सहयोग गर्ने गुणहरु जस्तै अफ रोड एबिएस र इएसपिले यसलाई सबै खालका बाटोहरुमा गुडाउन एवं सुरक्षित सम्हाल्नलाई मद्दत पुग्दछ ।
त्यसैगरी यसले अत्याधिक भार बहन गर्ने क्षमता पनि राख्दछ किनकी एमरोकमायसका पाङ्ग्राका आर्कहरुबीचजो, यस वर्गको सबैभन्दा ठुलो हो कुनादेखि कुना सम्मयुरो प्यालेट राखिएका छन् ।
उच्च कोटीको आन्तरिक सजावट, कम ध्वनि स्तर र हँकाई गुणहरुका साथ यसले थप केही चाहना राख्न दिंदैन, यसले आरामदायक र अपूर्व यात्राको सम्न्धमा नयाँ मापदण्ड नै कायम गरिदिनेछ ।
नयाँ एमरोक यस्को समुहमा अत्यन्त सही परिमाण भएको, सामान राख्नलाई पर्याप्त स्थान भएको छ भनें यसमा यात्रु बस्ने कक्षमा समेत प्रशस्त आरामदायी स्थान रहेको छ । साथै यसलेउत्कृष्ट कार्यदक्षताकोेप्रर्दशन गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस