Like us!
Follow us!
Connect us!
Watch us!

कसले अड्कायो मौद्रिक नीतिको हलो ?

अर्थ संसार

मंगलबार, ०३ साउन २०७९, १४ : २० मा प्रकाशित

कसले अड्कायो मौद्रिक नीतिको हलो ?

नयाँ आर्थिक वर्ष सुरु भइसक्याे, नेपाल राष्ट्र बैंकले भने अझैसम्म पनि मौद्रिक नीति सार्वजनिक गर्न सकेको छैन । केही साता अघि पोखराको एक कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले साउनको पहिलो साता नै मौद्रिक नीति सार्वजनिक हुने बताएका थिए । 

करिब यो एक महिना विभिन्न संस्थाहरुले आयोजना गरेका विभिन्न कार्यक्रममा सहभागी भएर गभर्नर अधिकारीले मौद्रिक नीतिमा सुझाव संकलन समेत गरेका थिए । राष्ट्र बैंकको व्यवस्थापन समितिले मौद्रिक नीतिको ड्राफ्ट समेत तयार गरी एक चरणको छलफल गरिसकेको छ । 

राष्ट्र बैंकको व्यवस्थापन समिती भित्रै पनि मौद्रिक नीतिका मतभिन्नता देखिएको छ । देशको समग्र अर्थतन्त्रलाई हेरेर केही कसिलो मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र बैंक रहेको स्रोतको दावी छ । यसको संकेत केही समय अघिदेखि नै गभर्नर अधिकारीले विभिन्न कार्यक्रमहरुमा दिँदै आएका थिए । 

अहिले विशेष गरी व्यवस्थापन समितीमा एकमत नहुँदा मौद्रिक नीतिमा ढिलाई भएको स्रोतको दावी छ । अहिले जसरी बाहिर अर्थमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाका कारण मौद्रिक नीति सार्वजनिक हुन ढिलाई भएको भन्ने कुरामा सत्यता छैन स्रोतले भन्यो व्यवस्थापन समितिले नै अहिलेसम्म मौद्रिक नीतिको ड्राफ्टलाई फाइनल भने गर्न सकेको छैन समिती भित्रै तिव्र मतभेद छ विशेष गरी सेयर कर्जामा लगाएको ४/१२ को सिमालाई चलाउने विषयमा पनि समिती भित्र केही समस्या देखिएको छ । 

गत बिहीबार मात्र प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीलाई बालुवाटार बोलाएर तत्काल मौद्रिक नीति सार्वजनिक गर्न निर्देशन समेत दिएका थिए । राष्ट्र बैंकको पुर्व योजना मुताविक काम भएको भए हिजो आजमै मौद्रिक निती सार्वजनिक हुने अवस्था थियो तर अहिले त्यो माहोल छैन सम्भवत यही साताको अन्तिमसम्ममा वा अर्को साताको सुरुवातमै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी छ स्रोतले भन्यो ।

स्रोतका अनुसार गभर्नरको नाम प्रतिपक्ष दल नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको समाचार आयो यसले पनि मौद्रिक नीतिलाई केही पर धकल्ने भुमिका खेलेको स्रोतको दावी छ ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको