अर्थ संसार, काठमाडौँ–जग्गा खरिद प्रकरणमा कुनै अनियमितता नभएको भन्दै नेपाल आयल निगमले विभिन्न सञ्चारमाध्यममा प्रकाशित/प्रसारित समाचारप्रति आपत्ति जनाएको छ ।
निगमले यहाँ आज पत्रकार सम्मेलन गरी पेट्रोलियम पदार्थको भण्डारणका लागि झापा, सर्लाही, चितवन र रुपन्देहीमा गरिएको जग्गा खरिद प्रक्रियामा घोटाला भएको भनी संसदीय समितिले आशंका गर्नु र समाचार बाहिर आउनुमा कुनै सत्यता नभएको जिकिर गरेको छ ।
सम्मेलनमा निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले जग्गा खरिद गर्ने निर्णय विधिसम्मत भएको र खरिदका क्रममा कुनै पनि अनियमितता नभएको बताउनुभयो ।
निगमले जग्गा खरिदको विषयमा संसदीय समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरू गरिसकेका सन्दर्भमा त्यसबारे अड्कलबाजी नगर्न सञ्चारमाध्यमसँग आग्रह गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस