Like us!
Follow us!
Connect us!
Watch us!

इनोभेसनमा खस्किँदै नेपाल, दोषी बजेट की शिक्षा प्रणाली ?

धिरज पौड्याल

मंगलबार, ०३ साउन २०७९, १५ : ४२ मा प्रकाशित

इनोभेसनमा खस्किँदै नेपाल, दोषी बजेट की शिक्षा प्रणाली ?

पछिल्लो समय विश्वका विभिन्न राष्ट्रहरू इनोभेसनमा काम गरिरहेका छन्। समय र प्रविधिको परिवर्तनले एउटा नयाँ आर्थिक स्थापनाको अवसर दिने हुँदा विभिन्न राष्ट्रहरूले इनोभेसनलाई प्रोत्साहन गर्ने नीति लिई रहेका हुन्छन् । नेपालमा भने परम्परागत विधा भन्दा नयाँ सोचको प्रवद्धनको आवश्यकता देखिन्छ तर यो कहिल्यै सम्भव भने हुन सकेन ।

ग्लोबल इकोनोमी डट कमले प्रकाशन गरेको ग्लोबल इकोनोमी इन्डेक्सका अनुसार नेपाल विश्वका १३२ औं राष्ट्रमध्ये १११ औं स्थानमा पर्दछ। १०० अंकको मूल्यांकनमा नेपाल २२.५ अंक रहेको छ । सन् २०२० मा ९५ औं स्थानमा रहेको नेपाल २०२१ नन् १११ औं स्थानमा छ। रिपोर्टका अनुसार नेपाल दक्षिण एसिया तथा मध्ये एसिया १० राष्ट्रहरूमध्ये नवौँ स्थानमा रहेको छ। 

सरकारले इनोभेसन तर्फ ध्यान नदिँदा नयाँ आर्थिक उपार्जनको अवसर गुमाई रहेको छ। परम्परागत शैक्षिक प्रणालीबाट प्रयोगात्मक र आधुनिक शैक्षिक प्रणाली तर्फ अग्रसर हुन नसक्दा उदाउँदै गरेका इनोभेटिभ विषयहरू उजागर हुन सकेका छैनन् । 

नेपालकाे शिक्षा प्रणालीले सुरुवातदेखि नै असफल हुनु हुँदैन भन्ने ज्ञान दिने गरिन्छ, असफलताबाट सुरु हुने इनोभेसन असफल हुनैका लागि सुरु गरिन्छ l इनोभेसन प्रोत्साहन गर्न सरकारले चासो नदिँदा इनोभेसनका अवसर गुमी रहेको छ।

इनोभेसनका लागि सरकारले पहल नगर्दा उम्रिँदै गरेका इनोभेटिभ विषयवस्तुहरू हट्दै गएका छन्। युवा विद्यार्थीहरुले अन्वेषण गरेका वस्तुहरू बजारसम्म ल्याउनलाई सरकारले देखाउनु पर्ने पहलकदमी नदेखाउँदा थप अन्वेषण हुन सकेको छैन। खोज र अन्वेषण तर्फ चासो दिएका राष्ट्रहरूले आर्थिक रूपमा अग्रता लीई रहेका छन् । 

विश्वका विकसित भनिने राष्ट्रहरू पूर्वाधारका रूपमा विकसित नभई खोज र अन्वेषणमा पनि विकशित छन्। सरकारले समयमा नै यसबारे चासो नदिने हो भने लिन सक्ने अवसरबाट पनि हात बाँध्नुपर्ने देखिन्छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको