Like us!
Follow us!
Connect us!
Watch us!

विभिन्न १० वटा डिबेन्चरको ब्याज लगानीकर्ताको खातामा, नआए के गर्ने ?

अर्थ संसार

विहीबार, ०५ साउन २०७९, ०७ : ४५ मा प्रकाशित

विभिन्न १० वटा डिबेन्चरको ब्याज लगानीकर्ताको खातामा, नआए के गर्ने ?

एनआईबिएल एस क्यापिटल सेयर रजिष्ट्रार रहेका विभिन्न १० वटा डिबेन्चरहरुको व्याज भुक्तानी भएको छ । क्यापिटलले यी १० कम्पनीहरुको असार मसान्तसम्मको अर्धबार्षिक ब्याज सेयरधनीको खातामा दाखिला गरिसकेको जनाएको छ । 

क्यापिटलले १०.५ प्रतिशत एनआईबी नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर-२०८२, ८.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक बोन्ड-२०८४, १०.३५ प्रतिशत एडिबिएल कृषि बैक ऋणपत्र-२०८३, १२ प्रतिशत गुडविल डिबेन्चर-२०८३, ८.७५ प्रतिशत गरिमा डिबेन्चर-२०८५, ९ प्रतिशत ज्योति विकास बैंक बोन्ड-२०८७, ९ प्रतिशत केएसबिबिएल डिबेन्चर-२०८७, ९.५ प्रतिशत मन्जुश्री फाइनान्स लिमिटेड डिबेन्चर-२०८५, ९.५ प्रतिशत एनसीसी  ऋणपत्र २०८६ र सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर-२०८७ को ब्याज भुक्तानी गरिएको हो । 

क्यापिटलले असार मसान्तसम्म कायम लगानीकर्ताहरुको खातामा ब्याज रकम जम्मा गरिएको जनाएको छ । हालसम्म पनि व्याज रकम आफ्नो खातामा प्राप्त नगरेका लगानीकर्ताहरुले आफ्नो हितग्राही खातामा नेपाल क्लियरित हाउस अन्तर्गत क्ष्एछ सदस्यता प्राप्त कुनै पनि बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो खाता नम्बर सहितको विवरण अद्यावधिक गराई एनआईबिएल एस क्यापिटलको केन्द्रिय कार्यलयमा सम्पर्क गरी आफ्ना ब्याज बापतको रकम लिन समेत क्यापिटलले अनुरोध गरेको छ । 

क्यापिटलले प्रकाशन गरेको सूचनाः 

62d8b3570cf98.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको