Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रवार बिहान बस्ने बोर्ड बैंठकले स्वीकृत गरे बेलुका मौद्रिक नीति आउने

लोकेन्द्र ढकाल

विहीबार, ०५ साउन २०७९, १८ : ०२ मा प्रकाशित

शुक्रवार बिहान बस्ने बोर्ड बैंठकले स्वीकृत गरे बेलुका मौद्रिक नीति आउने

आर्थिक बर्ष २०७९/८० को मौद्रित नीति स्वीकृत गर्न राष्ट्र बैंक सञ्चालक समिति ‘बोर्ड’ को बैंठक शुक्रवार विहान बस्ने बताइएको छ । राष्ट्र बैक व्यवस्थापन समितिले तयार पारेको ‘ड्राफ्ट’ माथि बोर्ड बैठकमा छलफल हुनेछ । 

राष्ट्र बैक स्रोतका अनुसार विहीवार वेलुकासम्म व्यवस्थापन समितिले आर्थिक अनुसन्धान विभागले अन्य विभागहरुसँग छलफल गरि तयार पारेको मस्यौदा उपर छलफल सकेर ड्राफ्ट तयार पार्नेछ र सो ड्राफ्ट राष्ट्र बैकको बोर्ड बैठकमा छलफल हुनेछ । 

बोर्ड बैठकले स्वीकृत गरेपछि गभर्नरले आगामी वर्षको मौद्रित नीति सार्वजनिक गर्ने व्यवस्था छ । तर बोर्ड बैंठकमा सहमति नजुटे पुनः अर्को पटक बैठक बस्दै जान्छन् । राष्ट्र बैकका सह–प्रवक्ता तथा सूचना अधिकारी नारायण पोखरेल भन्छन्, ‘ बोर्ड बैठकमा एक पटकमा सहमति नभए दोस्रो, तेस्रो बैठक बस्दै जान्छ, विगतमा तीन-चार पटकसम्म पनि बोर्ड बैठक बसेका छन्, स्वीकृत नभएसम्म छलफल भइरहन्छ’ ।’ बोर्ड बैठकले विहान स्वीकृत गरेमा शुक्रवार बेलुका मौद्रित नीति सार्वजनिक गर्ने योजनामा राष्ट्र रहेको पोखरेलले जानकारी दिए  । 

गभर्नर सचिवालयले बोर्ड बैठक बस्नु अघि गभर्नरले अर्थ मन्त्रालयको समेत कार्यभार समालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई मौद्रित नीतिको ड्राफ्ट बारे ब्रिफीङ अहिलेसम्म (बेलुका ६ बजेसम्म) गराएको बारे कुनै जानकारी नरहेको बताएको छ ।

राष्ट्र बैक सञ्चालक समिति ‘बोर्ड’ ७ सदस्यीय हुने गर्दछ । राष्ट्र बैक बोर्ड सदस्यमा गभर्नर महाप्रसाद अधिकारी, अर्थ मन्त्रालयका अर्थ सचिव मधुकुमार मर्सानी, डिपुटी गभर्नरद्वय निलम ढुङ्गाना र राम बहादुर मिश्र, अर्थशास्य, मुद्रा, बैक तथा वित्तिय संस्थाका विज्ञ प्रतिनिधिहरु डा. सुभोद कुमार कर्ण, चिन्तामणि शिवाकोटी र शंकर प्रसाद आचार्य रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको