Like us!
Follow us!
Connect us!
Watch us!

२२ प्रतिशतले बढ्यो निफ्राको खुद मुनाफा, ईपिएस कति ?

अर्थ संसार

शुक्रबार, ०६ साउन २०७९, ०६ : ५९ मा प्रकाशित

२२ प्रतिशतले बढ्यो निफ्राको खुद मुनाफा, ईपिएस कति ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) गत आर्थिक वर्ष २०७८/७९ को अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । 

उक्त विवरण अनुसार गत आर्थिक वर्षको अन्तिमसम्म आइपुग्दा बैंकले १ अर्ब २ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २२.५३ प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा बैंकले  ८३ करोड ७४ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी पनि ४१.२० प्रतिशतले बढेर १ अर्ब ८८ करोड ६३ लाख २८ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी १ अर्ब ३३ करोड ५९ लाख रूपैयाँ रहेको थियो ।

त्यस्तै चौथो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि २३.१४ प्रतिशतले बढेर १ अर्ब ४६ करोड ५७ लाख ७२ हजार रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले १ अर्ब १९ करोड ३ लाख २३ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ८० करोड ८५ लाख ३२ हजार रुपैयाँ रहेको छ।

त्यस्तै, बैंकको चुक्ता पुँजी २१ अर्ब रुपैयाँ र जगेडा कोषमा १ अर्ब ७३ करोड ७० लाख ४३ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी  (ईपीएस) ४ रुपैयाँ ७५ पैसा, प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ४ पैसा र मूल्य आम्दानी अनुपात ५०.५२ गुणा रहेको छ ।

हामी आभारी छौँ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको