Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमईको आकर्षक वित्तीय विवरण : नाफा ५ अर्ब नाघ्याे, ईपीएस कति?

अर्थ संसार

शुक्रबार, ०६ साउन २०७९, ०७ : २७ मा प्रकाशित

ग्लोबल आइएमईको आकर्षक वित्तीय विवरण : नाफा ५ अर्ब नाघ्याे, ईपीएस कति?

ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चाैथाे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंककाे नाफा ५ अर्ब नाघेकाे छ । 

गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा बैंकले ५ अर्ब २० करोड ६४ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २५ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा बैंकले ४ अर्ब १६ करोड ५१ लाख ५२ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंककाे खुद व्याज आम्दानी पनि १७.५२ प्रतिशतले बढेर १० अर्ब ७४ करोड ६ लाख १८ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा बैंककाे खुद व्याज आम्दानी ९ अर्ब १३ करोड ९१ लाख २८ हजार रूपैयाँ रहेकाे थियाे ।

चाैथाे त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि २६.९० प्रतिशतले बढेर ७ अर्ब ५६ करोड एक लाख ५० हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष बैंकले ५ अर्ब ९५ करोड ७५ लाख ३१ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंककाे वितरणयोग्य मुनाफा ३ अर्ब १९ करोड ९५ लाख ३६ हजार रुपैयाँ रहेको छ।

त्यस्तै, बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँ र जगेडा कोषमा १० अर्ब १५ करोड ३० लाख ७५ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंककाे प्रतिसेयर आम्दानी ( ईपीएस) १९ रुपैयाँ २५ पैसाबाट बढेर २१ रूपैयाँ ८८ पैसामा पुगेकाे छ । बैंककाे प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ११ पैसा रहेकाे छ ।

हामी आभारी छौँ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको