Like us!
Follow us!
Connect us!
Watch us!

‘वडा अध्यक्षलाई पनि तलब फजुल खर्च हो, यस्ता खर्च कम नगरे देशको आर्थिक अवस्थामा सुधार हुँदैन’

अर्थ संसार

आइतबार, ०८ साउन २०७९, ०८ : १८ मा प्रकाशित

‘वडा अध्यक्षलाई पनि तलब फजुल खर्च हो, यस्ता खर्च कम नगरे देशको आर्थिक अवस्थामा सुधार हुँदैन’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेलले मौद्रिक नीतिले आयात प्रतिस्थापन गर्नको लागि उल्लेखनीय कुरा नगरेको टिप्पणी गरेका छन् ।

उनले भने,‘अहिलेको आर्थिक अवस्थाको कुरा गर्दा, वैदेशिक मुद्रा सञ्चिती, व्यापार घाटा, चालु खातामा रकम हेर्ने हो भने निराशा लाग्ने अवस्था छ । कर्जा धेरैजसो त अनुत्पादक क्षेत्रमा गयो । वैदेशिक मुद्रा आर्जन गर्ने भनेको कि एफडिआई लिएर होकि रेमिट्यान्सलाई फर्मललाईज च्यालनबाट लिएर हो । या त निर्यात बढाएर हो । यो कुरामा मौद्रिक नीतिले सम्बोधन गरेको छैन् । समग्रमा आयात प्रतिस्थापनमा पनि त्यति धेरै उल्लेखनीय कुरा भएको छैन् ।’

वैदेशिक मुद्रा सञ्चितीको अवस्था उल्लेख गदै उनले श्रीलंका, लाओस रपाकिस्तान जुन समस्यामागएका छन् त्यो समस्यातिर जानबाट नेपाललाई रोक्ने नदेखिएको टिप्पणी गरे । उनले भने,‘हाम्रो वैदेशिक ऋण उनीहरुको तुलनामा कम होला ।’  उनले अहिलेको आर्थिक अवस्थाको सुधारको लागि फजुल खर्च कम गर्नुपर्नेमा जोड दिए । 

उनले भने,‘वडा अध्यक्षलाई पनि तलब दिएर राखेका छौं । यो फजुल खर्च हो । विकास खर्च घटाएका छौं । चालु खर्च कम गर्न तर्फ जानुपर्छ । उत्पादनमा जोड दिनुपर्छ । रोजगारी सिर्जना गर्नुपर्छ । समग्रमा फजुल खर्च कम गर्ने उपायमा लाग्नुपर्छ । आर्थिक सुशासन कायम गर्नेतर्फ सबै सचेत हुनुपर्छ । नेपालमा लगानीगर्ने माहोल भएन । नीतिगत अप्ठ्यारो छन् । त्यता तर्फ ध्यान दिनुपर्छ ।’
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको