Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु र प्राइम अर्ब क्लबमा, नाफा अर्ब माथि

शुक्रबार, २० साउन २०७४, १२ : ५९ मा प्रकाशित

प्रभु र प्राइम अर्ब क्लबमा, नाफा अर्ब माथि

अर्थ संसार, काठमाडौं–  प्रभु बैंकले आर्थिक बर्ष २०७३/७४ मा एक रु अर्ब ७५ करोड नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक बर्षमा रु एक अर्ब १४ करोड रुपैयाँ रहेको थियो।

बैंकले गत आर्थिक बर्षमा खुद ब्याज आम्दानी रु दुई अर्ब ५२ करोड रहेको छ । अघिल्लो आर्थिक बर्षमा खुद ब्याज आम्दानी रु एक अर्ब ९६ करोड रुपैयाँ रहेको थियो।

बैंकले गत आर्थिक बर्षमा रु ८१ अर्ब ३४ करोड निक्षेप संकलन गरेको थियो भने रु ६१ अर्ब ९७ करोड रुपैयाँ ऋण लगानी गरेको छ । अघिल्लो आर्थिक बर्षमा बैंकले रु ६० अर्ब ९४ करोड निक्षेप संकलन गरि ४८ करोड २१ लाख रुपैयाँ ऋण लगानी गरेको थियो।

बैंकको चुक्ता पूँजी रु ५ अर्ब ८८ करोड रहेको छ भने जगेडा कोषमा रु दुई अर्ब पाँच करोड जम्मा भएको छ । बैंकको जगेडा कोष वृद्धि भएको हो ।

अघिल्लो आर्थिक बर्षमा जम्मा रु ३६ करोड ६३ लाख रुपैयाँ मात्र थियो। बैंकको पूँजी कोष अनुपातमा कमी आएको छ ।

प्राइम पनि अर्ब क्लबमा

प्राइम कमर्सियल बैंकले आर्थिक बर्ष २०७३/७४ मा रु एक अर्ब ४८ करोड नाफा गरेको छ। बैंकले अघिल्लो आर्थिक बर्षमा रु एक अर्ब ११ करोड नाफा गरेको थियो।

बैंकले गत आर्थिक बर्ष खुद ब्याज आम्दानी रु एक अर्ब ९० करोड गरेको थियो। बैंकले अघिल्लो आर्थिक बर्षमा यस्तो आम्दानी रु एक अर्ब ५८ करोड थियो । बैंकले गत आर्थिक बर्षमा रु  ६५ अर्ब ८६ करोड निक्षेप संकलन गरेको छ भने अघिल्लो आर्थिक बर्षमा रु ४८ अर्ब ३४ करोड थियो।

 बैंकले गत आर्थिक बर्षमा रु ५७ अर्ब ७१ करोड ऋण लगानी गरेको थियो भने अघिल्लो आर्थिक बर्षमा रु ४० अर्ब २७ करोड थियो।

बैंकको चुक्ता पूँजी रु छ अर्ब ३२ करोड पुगेको छ । बैंकले एक आर्थिक बर्षमा रु ८४ करोड ६२ लाखको जगेडा कोषलाई रु तीन अर्ब १२ करोड बनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको