Like us!
Follow us!
Connect us!
Watch us!

आयातमा प्रतिबन्ध लगाइँदा नाडा अटो एक्सपो स्थगित

अर्थ संसार

सोमबार, ०९ साउन २०७९, १४ : ५२ मा प्रकाशित

आयातमा प्रतिबन्ध लगाइँदा नाडा अटो एक्सपो स्थगित

यही भाद्र ७ गतेदेखि १२ गतेसम्म काठमाण्डौको भृकुटी मण्डपमा सम्पन्न गर्ने भनिएको नाडा अटो एक्सपो २०२२ स्थगित गरिएको छ ।

सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध श्रावण १ गतेदेखि खोल्ने भनिएकोमा सो समयावधि अझ थप गरेर भाद्र १४ गतेसम्मका लागि विस्तार गर्नुका साथै १५० सि.सि भन्दा माथिका दुई पाँग्रे सवारी साधनहरुको आयातमा समेत थप प्रतिबन्ध लगाए पछि नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल यस्तो निर्णय गर्न बाध्य भएको छ ।

नाडाका अध्यक्ष धु्रव थापाको अध्यक्षतामा श्रावण ८ गते काठमाण्डौँमा बसेको नाडाको केन्द्रीय कार्य समितिको सातौं बैठकले यस्तो निर्णय गरेको नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले सो जानकारी दिएका हुन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको