Like us!
Follow us!
Connect us!
Watch us!

२४ प्रतिशतले बढ्यो एनआईसी एशिया लघुवित्तको नाफा, अन्य अवस्था कस्तो ?

अर्थ संसार

बुधबार, ११ साउन २०७९, ०७ : ०१ मा प्रकाशित

२४ प्रतिशतले बढ्यो एनआईसी एशिया लघुवित्तको नाफा, अन्य अवस्था कस्तो ?

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । समिक्षा अवधिमा संस्थाको मुनाफामा बृद्धि भएको छ ।  

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले ५८ करोड ५६ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २४.४९ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले ४७ करोड ४ लाख ९ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि ४३ प्रतिशतले बढेर १ अर्ब ४९ करोड ५ लाख २६ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी १ अर्ब ३ करोड ९७ लाख ४० हजार रूपैयाँ रहेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा सस्थाको सञ्चालन मुनाफा पनि बढेर ९२ करोड ९३ लाख ६३ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ७० करोड ५५ लाख २८ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ४० करोड ८९ लाख हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ३३ रुपैयाँ ६७ पैसा र प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको