Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एसिया लघुवित्तको नाफामा पहिरो, ३१ रुपैयाँले घट्यो ईपिएस

अर्थ संसार

सोमबार, २१ कार्तिक २०७९, ०७ : १४ मा प्रकाशित

एनआईसी एसिया लघुवित्तको नाफामा पहिरो, ३१ रुपैयाँले घट्यो ईपिएस

एनआईसी एसिया लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार गत आर्थिक बर्षको अन्तिमसम्ममा संस्थाको मुनाफामा गिरावट आएको देखिन्छ । 

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले ६ करोड ५७ लाख ९५ हजा रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ६८.१८ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले २० करोड ६७ लाख ७५ हजार खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ६८.१७ प्रतिशतले घटेर ९ करोड ३९ लाख ८१ हजार रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा  २९ करोड ५२ लाख ९१ हजार रूपैयाँ रहेको थियो । त्यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ३१.०९ प्रतिशतले घटेर २९ करोड २ लाख ५७ हजार रुपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी १ अर्ब ७३ करोड ९० लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ६६ करोड ८१ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएसं) ३१.०३ रुपैयाँले घटेर १५ रुपैयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ७९ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको