Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा १४ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?

अर्थ संसार

बुधबार, ११ साउन २०७९, ०७ : २४ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा १४ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको नाफा बढेको छ । 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले ४ अर्ब ८ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १४.८३ प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा बैंकले ३ अर्ब ५५ करोड ८६ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी पनि ६.३६ प्रतिशतले बढेर ५ अर्ब ४९ करोड ९० लाख रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी ५ अर्ब ५९ करोड ३० लाख रूपैयाँ रहेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि बढेर ६ अर्ब ७२ करोड ७६ लाख रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले ५ अर्ब ११ करोड ९५ लाख रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ३ करोड ८३ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड ७५ लाख रुपैयाँ र जगेडा कोषमा १४ अर्ब ६७ करोड ८० लाख रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २२ पैसाबाट बढेर २२ रूपैयाँ ३२ पैसामा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ २१ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको