Like us!
Follow us!
Connect us!
Watch us!

सिवाईसी लघुवित्तको ईपिएस ६६ रुपैयाँ, चुक्ता पूँजीभन्दा रिजर्भको आकार २ गुणा ठुलो

अर्थ संसार

शुक्रबार, १३ साउन २०७९, ०७ : ०९ मा प्रकाशित

सिवाईसी लघुवित्तको ईपिएस ६६ रुपैयाँ, चुक्ता पूँजीभन्दा रिजर्भको आकार २ गुणा ठुलो

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । समिक्षा अवधिमा संस्थाको मुनाफामा ब्यापक बृद्धि भएको छ ।  

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले ८ करोड ३ लाख २९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ५५ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले ५ करोड १८ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि ५७.२३ प्रतिशतले बढेर २१ करोड ९९ लाख ५४ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी १३ करोड ९८ लाख ८९ हजार रूपैयाँ रहेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा सस्थाको सञ्चालन मुनाफा पनि ६२ प्रतिशतले बढेर ३ करोड ३८ लाख ३० हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले २ करोड ८ लाख ६९ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी १२ करोड १६ लाख ४१ हजार रुपैयाँ र जगेडा कोषमा २८ करोड ८ लाख १९ हजार रुपैयाँ सञ्चित रहेको छ जुन अघिल्लो आर्थिक बर्षको तुलनामा करिब २०० प्रतिशतले बढि हो । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ६६ रुपैयाँ ०३ पैसा र प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ ८६ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको