Like us!
Follow us!
Connect us!
Watch us!

सिवाईसी नेपाल र आँधिखोला लघुवित्तको एकीकृत कारोबार फागुन ३० बाट सुरु हुँदै

अर्थ संसार

मंगलबार, १६ फागुन २०७९, ०८ : ०६ मा प्रकाशित

सिवाईसी नेपाल र आँधिखोला लघुवित्तको एकीकृत कारोबार फागुन ३० बाट सुरु हुँदै

सिवाईसी नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तिय संस्था लिमिटेडका बिचमा मर्जर सम्पन्न भएको छ । सिवाईसी नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार हुने गरी मर्जर भएको हो । 

आपसमा मर्जरमा जाने अन्तिम सहमति गरिसकेका दुई लघुवित्त संस्थालाई कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएसँगै अब फागुन ३० गतेबाट एकीकृत कारोबार गर्ने निर्णय गरेका हुन् ।

यी दुई कम्पनी एक आपसमा गाभिएर फागुन ३० गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । एकीकृत कारोबारका लागि सम्पूर्ण व्यवस्था मिलाउन फागुन २८ र २९ गते २ दिन दुवै संस्थाका सम्पूर्ण कार्यालयहरु बन्द रहने छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको