Like us!
Follow us!
Connect us!
Watch us!

खराब कर्जा बढ्दा सिवाईसी नेपाल लघुवित्तको नाफामा गिरावट, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

सोमबार, २३ माघ २०७९, ०७ : ३१ मा प्रकाशित

खराब कर्जा बढ्दा सिवाईसी नेपाल लघुवित्तको नाफामा गिरावट, प्रतिसेयर आम्दानी कति ?

सिवाईसी नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार समिक्षा अवधिसम्ममा संस्थाको मुनाफामा गिरावट आएको देखिन्छ । 

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले २ करोड ३८ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ५८.९७ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले ५ करोड ८१ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ४०.८३ प्रतिशतले घटेर ३ करोड ८० लाख १० हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ६ करोड ४२ लाख ४९ हजार रूपैयाँ रहेको थियो । त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी भने १६.७३ प्रतिशतले बढेर १२ करोड १४ लाख ९४ हजार रुपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी १२ करोड १६ लाख र जगेडा कोषमा २४ करोड ७४ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ३९ रुपैयाँ २४ पैसा पुगेको छ भने संस्थाको प्रतिसेयर नेटवर्थ ३३३ रुपैयाँ ४३ पैसा रहेको छ त्यसैगरी संस्थाको खराब कर्जा १.९२ प्रतितशबाट बढेर ४.६२ प्रतिशत पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको