Like us!
Follow us!
Connect us!
Watch us!

CYCL को ३० % बोनस आज सम्म सेयर होल्ड गर्नेले मात्र पाउने

अर्थ संसार

सोमबार, १८ पुस २०७९, ०८ : १६ मा प्रकाशित

CYCL को ३० % बोनस आज सम्म सेयर होल्ड गर्नेले मात्र पाउने

सिवाईसी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.५८ प्रतिशत नगद लाभांश गरी कुल ३१.५८ प्रतिशत लाभांश  वितरण गर्ने प्रस्ताव अगाडी सारेको छ। 

कम्पनीले आफ्नो चौथो वार्षिक साधारणसभा  पुस ३० पोखराको सभागृहचोकस्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट बोलाएको छ। 

साथै सभाले अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थासँग गाभ्ने, गाभिने वा प्राप्ति गर्नेसम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेस सभाले पारित गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि अनुमोदन गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि संस्थाले पुस १९ गते १ दिन बुक क्लोज गर्ने भएको छ। यसको अर्थ पुस १८ (आज) गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

नेप्सेमा यस कम्पनीको सिम्बोल /संक्षिप्त नाम CYCL रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको