Like us!
Follow us!
Connect us!
Watch us!

सिवाईसी नेपाल लघुवित्तले डाक्याे एजीएम, लाभांशसहित यी एजेन्डा हुँदैछन् पारित

अर्थ संसार

आइतबार, १० पुस २०७९, १२ : ४० मा प्रकाशित

सिवाईसी नेपाल लघुवित्तले डाक्याे एजीएम, लाभांशसहित यी एजेन्डा हुँदैछन् पारित

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाकाे पाैष ८ गते, शुक्रबार, बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे चाैँथाे वार्षिक साधारण सभा पाैष ३० गते, शनिबार, संस्थाकाे केन्द्रिय कार्यालय, पाेखरामा बिहान ११ बजेदेखि सुरु हुनेछ  ।

सभामा संस्थाको पौष ७ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.५८ प्रतिशत नगद गरी कुल ३१.५८ प्रतिशत लाभांश  वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसका साथै, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा-नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गरिनेछ ।

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १९ गतेदेखि बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष १८ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको