Like us!
Follow us!
Connect us!
Watch us!

दिनभरको समाचार केहि छुट्यो कि ? (भिडियो)

अर्थ संसार

शुक्रबार, ०८ पुस २०७९, २२ : ०२ मा प्रकाशित

१. सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ  । संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.५८ प्रतिशत नगद गरी कुल ३१.५८ प्रतिशत लाभांश  वितरण गर्ने घाेषणा गरेकाे हाे ।

२. मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले पुस १९ गते, मंगलबारदेखि आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि ८ लाख २ हजार ५ सय कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ७२ हजार ८ सय ५० कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख ३६ हजार ४ सय २५ कित्ता र कर्मचारीका लागि ५४ हजार ५ सय ७० कित्ता आईपीओ निष्कासन गर्न लागेकाे हाे । स्थानीय तथा वैदेशिक रोजगारीमा गएका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा स्थानियले छिटोमा माघ ३ गतेसम्म र ढिलोमा माघ १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।  वैदेशिक रोजगारीमा गएका नेपालीहरूले भने माघ ३ गतेसम्म मात्रै आवेदन दिन पाउनेछन् । 

३. साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ  । संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश  वितरण गर्ने घाेषणा गरेकाे हाे ।

४. बुटवल पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ  । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद गरी कुल १२.५ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे । कम्पनीले पुस ३० गते कार्की ब्यान्क्वेटमा साधारण सभा आह्वान गरेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पुस १८ गतेदेखि पुस ३० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पुस १७ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । 

५. सिन्धु विकास बैंक लिमिटेडले याे पाली पनि सेयरधनीहरुलाई कुनै प्रकारकाे लाभांश वितरण नगर्ने भएको छ । बैंककाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट सेयरधनीहरुलाई कुनै प्रकारकाे लाभांश वितरण नगर्ने निर्णय गरेेकाे हाे ।

६. उद्योगी व्यवसायीले राष्ट्र बैंकका कर्मचारीलाई कार्यालय प्रवेश गर्न नदिने भएका छन् । बैंकको ब्याजदर बढिरहेको र राष्ट्र बैंकले उद्योगी व्यवसायीहरुका लागि प्रतिकुल हुने गरी नीति ल्याएको भन्दै आन्दोलन गरिरहेका उद्योगी व्यवसायीहरुले सोमबारदेखि विराटनगरस्थित नेपाल राष्ट्र बैंकका कर्मचारीलाई कार्यालय प्रवेश गर्न नदिने भएका हुन् ।

७. सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे लाभांश परिवर्तन भएकाे छ । यसअघि नगद लाभांश मात्रै घाेषणा गरिएकाेमा नेपाल बीमा प्राधिकरणले नगद लाभांशको सट्टा बोनस सेयर र कर प्रयोजनको लागि मात्र नगद लाभांश वितरण गर्न आग्रह गरेपछि कम्पनीले लाभांश परिवर्तन गरेकाे हाे । अब कम्पनीले आर्थिक वर्ष २०७८/७९ को लागि कम्पनीका सेयरधनीहरूलाई ९ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.४७३७ प्रतिशत नगद वितरण गर्नेछ ।

८. ज्याेति लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयर स्वामित्व परिमार्जन भएको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कम्पनीको ४५ लाख ९८ हजार कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको हो । याे सँगै अब कम्पनीको संस्थापक र साधारण सेयरको संरचना ५१:४९ को अनुपात कायम भएको छ ।  

९. सर्वोच्च अदालतमा विचाराधीन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दाको अर्को सुनुवाई चैतमा हुने भएको छ । यसअघि मङ्सिर १९ मा साे मुद्दाको पेशी तोकिएपनि हेर्न नमिल्ने भएकोले सुनुवाई हुन सकेको थिएन । सर्वोच्चले यस मुद्दाको सुनुवाईको लागि चैत २० गतेको तारिख तोकेको छ ।

१०. नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।  कम्पनीकाे ५ प्रतिशत बाेनसपछि नेप्सेले प्रतिकित्ता ३ सय २ रूपैयाँ १० पैसा कायम हुनेगरी मूल्य समायाेजन गरेको छ । नेप्सेले अन्तिम कारोबार मूल्य ३ सय १७ रूपैयाँ २० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

११. शुक्रबार एकैदिन सुनको भाउ ताेलामा १ हजार २ सय रुपैयाँले घटेर प्रतिताेला १ लाख ३ सय रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १३ सय ९० रुपैयाँ कायम भएको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको