Like us!
Follow us!
Connect us!
Watch us!

आजबाट रोकिएको सिवाईसी नेपाल लघुवित्तको सेयर कारोबार गर्न सकिने

अर्थ संसार

सोमबार, १८ असार २०८०, ०७ : ०४ मा प्रकाशित

आजबाट रोकिएको  सिवाईसी नेपाल लघुवित्तको सेयर कारोबार गर्न सकिने

आँधिखोला लघुवित्त वित्तीय संस्था र सिवाईसी नेपाल लघुवित्त संस्थाबीच मर्जर भएर यी दुई कम्पनीको सेयर सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट नेप्सेमा सूचिकृत भएको छ ।

१ः०.७० अनुपातमा कायम हुन आएको १० लाख ८२ हजार ९ सय कित्ता सेयर सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट सूचीकृत भएको हो । यस कम्पनीको सेयर आज सोमबार देखि नेप्सेमा कारोबारमा आउनेछ ।

नेपाल स्टक एक्सचेन्जले मर्जरपछिको पहिलो कारोबार मुल्य १ हजार १७१ रुपैयाँ ८५ पैसा मूल्य रेञ्ज तोकेको छ । अब यी दुई कम्पनीका लगानीकर्ताले यस कम्पनीको सेयर कारोबार गर्न पाउनेछन। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको