Like us!
Follow us!
Connect us!
Watch us!

ब्याज बढ्दैमा डिपोजिट आउने अवस्था देखिएन, भदौमा ब्याजदर बढाउने पक्षमा छैनौ- बैंकर

लोकेन्द्र ढकाल

शनिबार, १४ साउन २०७९, २१ : १३ मा प्रकाशित

ब्याज बढ्दैमा डिपोजिट आउने अवस्था देखिएन, भदौमा ब्याजदर बढाउने पक्षमा छैनौ- बैंकर

नेपाल राष्ट्र बैंकको कसिलो मौद्रित नीतिका बाबजुत बैंकहरु भदौमा ब्याजदर बढाउने पक्षमा नरहेको बताएका छन् ।  नेपाल राष्ट्र बैंकले निष्कासन गरेको ट्रेजरी बिलको ब्याजदर १४ प्रतिशत पु-याएपछि बैंक तथा वित्तीय संस्थाहरुले भदौ महिनामा ब्याजदर बढाउँदैछन् भन्ने त्रास बजारमा छ । नेपाल बैंकर एशोसिएसन स्रोत भन्छ ‘सकेसम्म हामी भदौ महिनामा व्याजदर स्टेबल राख्न खोजेका छौं, व्याजदर बढाएर बैंकमा पैसा आउँछ भन्नेमा हामी विश्वस्त छैनौं ।’

राष्ट्रिय वाणिज्य बैंकहरुको साझा संगठन नेपाल बैंकर एशोसिएसनका एक पदाधिकारी भन्छन्, निक्षेपको व्याजदर त बढाउनु पर्ने कुनै कारण नै छैन्, कुरा कर्जाको व्याजदरको हो, मौद्रित नीतिका कारण बैंकको अपरेटीङ कष्टहरु बढेका छन्, यसले बेसरेटमा थोरै असर त गर्छ तर यो समय व्याजदर बढाउनु पर्ने नै होइन, सके घट्ने हो, तर अहिले घट्ने कुरा पनि छैन, हामीले कन्ट्रोल गर्न खोजेका छौं, उनले राष्ट्रबैक प्रति लक्षित गर्दै भने हाम्रो केही नचले मात्र भदौमा व्याजदर बढ्ने हो, नत्र बढ्दैन ।’

नेपाल बैकर एशोसिएसन गण्डकीका अध्यक्ष  समिर केसीले पनि व्याज बढ्दैमा डिपोजिट नआउँने बताउँछन । उनी भन्छन, ‘ट्रेजरी बिलको रेट माथि आएको छ, यसलाई व्याज बढ्ने सांकेतिक रुपमा लिन सकिन्छ तर आम मानिसका जिविकोपार्जन र महंङगााइको कुरा पनि त हेर्नु प-यो नि, यद्यपी बढिहाले पनि डाइजेस हुने खालकै बढाइ हुन्छ, ।’

कृषि विकास बैक गण्डकीका प्रदेश प्रमुख घनेन्द्र अधिकारीले पनि कर्जाको थोरै सम्भावना हुनसक्छ तर निक्षेपमा भदौ महिनमा व्याजदर नबढ्ने बताउँछन् । उनले बजारमा डिमाण्ड भएतापनि क्रेडिटको सप्लाइ नभएको बताए । उनी भन्छन, ‘यदि भदौमा व्याजदर बढ्छ भने बैकरको चाहानाले बढ्दैन, हाम्रो केहि नचले मात्र हो भदौमा व्याजदर बढने ।’

 बैंकरहरुका अनुसार राष्ट्र बैंकले भदौ महिनामा एक प्रतिशत ब्याजदर बढाउन दवाब दिएको बताइएको छ । बजारमा ट्रेजरी बिलको ब्याजदर १४ प्रतिशत कायम रहेमा ऋणको ब्याजदर १८ प्रतिशतसम्म पुग्ने हल्ला बचारमा फिजाइएको छ । जानकारहरु भन्छन, ‘ट्रेजरी बिलको व्याजदर समस्या समाधानको अल्पकालिन एउटा पाटो मात्र हो, यो दीर्घकालसम्म रहने कुरा होइन । 

 सरकारले एकवर्षभन्दा कम समयका लागि उठाउने ऋणलाई ट्रेजरी बिल भनिन्छ । जसको समय २८, ९१, १८० तथा ३६४ दिनको हुन्छ । सरकारले विकास ऋणपत्र तथा नागरिक बचतपत्र र बैदेशिक रोजगार बचतपत्र गरेर अन्य ऋणपत्र समेत उठाउने गर्छ । नेपाल राष्ट्र बैंकका अुनसार अहिले ट्रेजरी बिलमा औसतमा २८ दिनको ब्याजदर ११ं दशमलव ३४ प्रतिशत, ९१ दिनको १२ प्रतिशत, १८० दिनको ९ दशमलव ८४ प्रतिशत तथा १ वर्ष समयको ९ दशमलव ८५ प्रतिशत रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको