Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकले पनि घटायो माघ महिनाको लागि ब्याजदर

अर्थ संसार

विहीबार, २६ पुस २०८०, ०८ : २९ मा प्रकाशित

कुमारी बैंकले पनि घटायो माघ महिनाको लागि ब्याजदर

कुमारी बैंकले माघ महिनाको लागि ब्याजदर घटाएको छ । बैंकले माघ १ गतेबाट लागू हुने गरि मुद्दती निक्षेपको ब्याजदर ८.११ प्रतिशत बनाएको हो । पुसमा बैंकले मुद्द्ती निक्षेपमा ९.३१ प्रतिशत ब्याज दिएको थियो ।

त्यसैगरी, बैंकले संस्थागत मुद्दतिमा भने अधिकतम ६.११ प्रतिशत र न्यूनतम ५.२५ प्रतिशत ब्याज दिने भएको छ।

कुमारी बैंकले बचत खाताको ब्याजदर पनि घटाएर ६.११ प्रतिशत बनाएको छ । यस्तो ब्याजदर पुस महिनामा ६.५१ प्रतिशत थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको