Like us!
Follow us!
Connect us!
Watch us!

चाबहिलमा एक महिलाको हातखुट्टा बाधेर डकैती, पाँच जना पक्राउ

अर्थ संसार

शनिबार, १४ साउन २०७९, २१ : ४० मा प्रकाशित

चाबहिलमा एक महिलाको हातखुट्टा बाधेर डकैती, पाँच जना पक्राउ

काठमाडौंको चाबहिलमा खाजा पसल सञ्चालन गर्दै आएकी एक महिलालाई हातखुट्टा बाँधेर नगद तथा सामान डकैती गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

चाबहिल ७ सरस्वतीनगरमा खाजा पसल सञ्चालन गर्दै आएकी धरानकी भीमकुमारी लिम्बुले साउन ८ गते बिहान ३ बजे कुकुरलाई दिसा गराउन सटर खोलेकी थिइन् । सोही समयमा तीन जना सटरभित्र प्रवेश गरी डकैती गरेको प्रहरीले जनाएको छ । 

लिम्बुलाई हातखुट्टा कपडाले र मुखमा टेप बाँधी कुटपिट गरी सुनको सिक्री, कुण्डल, फुली, औंठी र नगदलगायतका धनमाल डकैती गरेका तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूमाथि प्रहरी वृत्त गौशाला, बौद्ध, मालीगाउँबाट प्रहरी टोली परिचालन भई अनुसन्धान सुरु भएको थियो । 

पक्राउ पर्नेमा मकवानपुर छतिवन ४ घर भई चाबहिल सरस्वतीनगर बस्ने २४ वर्षीय उत्तम तामाङ, गोकर्णेश्वर ६ जोरपाटी बस्ने २२ वर्षीय भूपाल श्रेष्ठ, सिन्धुपाल्चोकका २४ वर्षीय कविरजंग कुँवर, सिन्धुपाल्चोक हेलम्बुका २२ वर्षीय कल्याणकुमार सुवेदी र सिन्धुपाल्चोक तौथली घर भएका ४५ वर्षीय बुनु श्रेष्ठ छन् । श्रेष्ठले उक्त गिरोहबाट सुनको सिक्री किनेको प्रहरीले जनाएको छ । 

उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको