Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीति पछिको बढ्दो बजार र अबको रणनीति

अर्थ संसार

आइतबार, १५ साउन २०७९, ०७ : ३२ मा प्रकाशित

मौद्रिक नीति पछिको बढ्दो बजार र अबको रणनीति

घरजग्गा कारोबारमा मन्दी आउनु; मौद्रिक नीतिले अत्यावश्यक बाहेकको सामानको आयातमा कडाइ गरेको कारण लगानीका क्षेत्रहरु सिमित भएका छन। यी कुराले गर्दा अल्पकालिन लगानी शेयर बजारमा आउन सक्छ।

धितोपत्र बोर्डको वार्षिक नीति तथा कार्यक्रममा पनि शेयर बजारलाई सकारात्मक पार्ने थुप्रै कुराहरु आएका छन्। जसले गर्दा शेयर बजारलाइ सकारात्मक हुने अनुमान गर्न सकिन्छ।

सूचिकृत कम्पनीहरु वार्षिक प्रतिवेदन निकाल्ने क्रममा छन । बैंक, बिकास बैंक र माइक्रोफाइनान्सको राम्रो रिपोर्ट आउन सक्ने अनुमान छ। त्यसले नि बजारलाई सकारात्मक बनाउन सक्ने प्रबल सम्भावना छ। 

केही दिनदेखिको कारोबार हेर्दा विकाश बैंक, जलबिधुत, फ़ाइनान्स, माइक्रो फाइनान्स  कम्पनीहरुको मूल्य राम्रो बढेकाले केही नाफा बूक गर्न बिक्रीकर्ता हाबी हुन सक्छन। यदि बजारले बिक्रीचाप पचाउन सकेमा बजार सकारात्मक नै हुन जाने अनुमान गर्न सकिन्छ।

अर्कोतर्फ आउदो भाद्र महिनबाट बैंकले ब्याजदर बढाउनसक्ने कुरा छ। बैंक  ब्याजदर बढ्नु भनेको शेयर बजारको लागि त्यति राम्रो मानिन्न। बैंक ब्याज बढे बजार केही घट्न सक्ने बिगतको बजार र तथ्यांकले देखाएका छन। तर पनि चर्को ब्याजदरले लगानीका क्षेत्रहरू खुम्चिदै जाने र Covid 19 को संक्रमण बढ्दै गएको देखिएकाले भोलि फेरि यहि बजारले लय नसमात्ला भन्न सकिन्न।

यी सबै अनुभवका आधारमा व्यक्त गरिएका भनाइहरु हुन। यसलाइ आधार मानेर कारोबार नगर्नुहोला। आफ्नो रणनीति बनाएर कारोबार गर्नुहोला। अध्ययन, लगनशीलता र धैर्यताको खाँचो छ सक्षम कारोबारी बन्नका लागि । सधैं बन्न नसके पनि समयले परिपक्व बनाएर कमाइ दिनेनै छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको