Like us!
Follow us!
Connect us!
Watch us!

निजी क्षेत्रको माग सम्बोधन गर्न मौद्रिक नीतिमा सुधार हुन्छः अर्थसचिव

अर्थ संसार

विहीबार, ०८ मंसिर २०७९, ०७ : ०८ मा प्रकाशित

निजी क्षेत्रको माग सम्बोधन गर्न मौद्रिक नीतिमा सुधार हुन्छः अर्थसचिव

अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्करले निजी क्षेत्रको माग सम्बोधन गर्न मौद्रिक नीतिको सुधार प्रक्रिया अगाडि बढाइएको बताएका छन् । राष्ट्रिय कर दिवस तथा कर सप्ताहको अन्तिम दिन  बुधबार  राजधानीमा  आयोजित  औपचारिक  कार्यक्रम उनले यस्तो बताएका हुन् । 

अर्थ सचिव पुष्करले निजी क्षेत्रले उठाइरहेका मागलाई सम्बोधन गर्न मौद्रिक नीतिमा गर्नुपर्ने सुधारलाई पनि अगाडि बढाइएको जानकारी दिए ।

अर्थतन्त्रमा देखिएको अहिलेको समस्या आत्तिनैपर्ने  खालको  नभए  पनि  अर्थतन्त्रमा  केही  सुधारको खाँचो रहेको पुस्करले बताउनुभयो । “अमेरिका, चीनजस्ता  देश  पनि  अहिले  अर्थतन्त्रका  विविध  समस्यासँग जुधिरहेकै छन् । नेपालले पनि यस्ता समस्या  भोगिरहेको  भए  पनि  मनोबल  कमजोर  बनाउनुपर्ने बेला भएको छैन,” उनले भने । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको