प्राविधिक तथा आधारभुत विश्लेषक सन्दिप कुमार चौधरीले कमर्सियल बैंक नबढे नेप्से परिसूचक २५५० को बिन्दु भन्दा माथि जान नसक्ने दावी गरेका छन् । अर्थसंसार डटकमको कार्यक्रम लगानीकर्ताको आवाजसंगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
‘अहिले जुन जुन सेक्टर चलिरहेका छन् यी सेक्टर मात्र चलेर नेप्से परिसूचक धेरै माथि पुग्न सक्ने अपेक्षा गर्न सकिने अवस्था छैन’ चौधरीले भने ‘बजारको धेरै हिस्सा ओगटेको कमर्सियल बैंक नचल्दासम्म नेप्से परिसूचक धरै माथि जान पनि सक्दैन यदि यो सेक्टर नचल्ने हो भने त नेप्से २५५० को बिन्दुबाट माथि जान मुस्किल नै पर्ला ।’
बजारमा सधै एउटैमात्र सेक्टर पनि नचल्ने भएकाले लगानीकर्ताहरुले सहि समयमा सहि निर्णय लिन सक्नुपर्ने बताए । ‘सधै एउटै सेक्टर मात्र चल्ने भन्ने कदापी हुन सक्दैन सिजन अनुसार सेक्टर पनि परिवर्तन हुन्छ त्यसैले स्मार्ट लगानीकर्ताहरुले कुन सिजनमा कुन सेक्टर चल्छ भन्ने कुराको अनुमान गरेर लगानी गर्नुपर्छ’ उनले भने ।
अहिले कमर्सियल बैंकहरुको राम्रो वित्तिय विवरण प्रकाशित भएको भन्दै उनले बैंकहर यो बर्ष गत आर्थिक बर्षको तुलनामा अझ बढि लाभांश वितरण गर्न सक्ने अबस्थामा पुगेको बताए । अहिले प्राविधिक तथा आधारभुत दुबै हिसाबले बैंकहरु निकै नै अन्डरभ्यालुड भएको उनको तर्क छ ।
बजारमा अहिले लगानीकर्ताहरु लाभांशमा भन्दा पनि बढि क्यापिटल गेन तर्फ बढि आकर्षित हुँदा बजारमा फन्डामेन्टल भन्दा पनि ननफन्डामेन्टल कम्पनी बढि चलेको बताउछन् उनि । तुलनात्मक रुपमा लाभांश लक्षित लगानी गर्दा बजारमा जोखिम कम हुने भन्दै उनले अहिलेको अवस्थामा कम्पनीको वित्तिय अवस्था हेरेर लगानी गर्न सके केहि महिनामै हाम्रो लाभांश खान सकिने बताए ।
चौधरीसंग गरिएको भिडियो कुराकानीः
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस