Like us!
Follow us!
Connect us!
Watch us!

कुलमानको कमाल : पहिले फोन नउठ्ने विद्युत प्राधिकरणबाट अहिले ‘कलब्याक’ आँउछ !

कृष्ण भट्टराई

आइतबार, १५ साउन २०७९, १५ : ०६ मा प्रकाशित

कुलमानको कमाल : पहिले फोन नउठ्ने विद्युत प्राधिकरणबाट अहिले ‘कलब्याक’ आँउछ !

केहि वर्ष अघिसम्म पनि नेपालमा दैनिक १८ घण्टासम्म लोडसेडिङ हुन्थ्याे अहिले त्यो कुरा भन्दा अनि सुन्दा पनि कहाँनी जस्तो लाग्छ । यो सबै कुरा सम्भव हुनुको श्रेय जान्छ नेपाल विद्युत प्राधिकरणरका कार्यकारी निर्देशक कुलमान घिसिङलाई । 

उनको नेतृत्वमा विद्युत प्राधिकरणले नेपालमा लोडसेडिङ्ग अन्त्य गर्न सफल भएको कुरा आम नेपाली सामु घाम जस्तै छर्लङ्ग छ । घिसिङको व्यवस्थापकिय क्षमताकै कारण नेपालमा लोडसेडिङ्ग अन्त्य भएको भन्दा सायद कसैमाथी पनि अन्याय नहोला ।

आफ्नो पहिलो कार्यकालमा नेपालबाटै लोडसेडिङ्गको अन्त्य गर्न सफल भएका कुलमान दोस्रो कार्यकालका लागि प्राधिकरणको नेतृत्वमा आएपछि विद्युत प्राधिकरणको सेवा विस्तारमा जोड दिने बताएका थिए । 

करिब एक महिना अघि म अफिसबाट फर्किएर घर गएँ, घर पुग्ने बित्तिकै मैले एउटा समाचार हाल्नु पर्ने थियो तर घरमा पुग्दा बत्ति थिएन । केहीबेर कुर्दा समेत घरमा बत्ति नआएपछि मैले नेपाल टेलिकमबाट विद्युत प्राधिकरणको फोन नम्बर मागेर फोन गरे । 

प्राय फोन नै नलाग्ने विद्युत प्राधिकरणमा फोन लाग्ला र मेरो समस्या सुनुवाई होला भन्ने म त्यति आशावादी भने थिएन तर पनि एक पटक प्रयास त गरौँ भन्ने सोचले मैले फोन डायल गरे डायल गरेको केही घण्टीमै भक्तपुर नो लाइटको फोन उठ्यो र मैले आफ्नो क्षेत्रमा बत्ति नभएको जानकारी गराए । 

केहि समय अघि मात्र म त्यो एरियामा सरेकाे हुनाले त्यो एरियाका बारेमा मलाई त्यत्ती जानकारी थिएन तर मलाई जति जानकारी थियो सोही मुताविक मैले प्राधिकरणमा जानकारी गराएँ पछि उताबाट मेरो एरियामा केही मर्मतको काम भएकाले बत्ती आउन केही समय लाग्छ भन्ने जानकारी पाएँ । त्यसको करिव आधा घण्टामा मलाई मैले पहिला डायल गरेको नम्बरबाट नै कल आयो र सोधियो ‘सर तपाईँकोमा बत्ति आयो ?’ मैले चेक गरे तर मेरोमा बत्ती अझै आएको थिएन त्यसपछि मैले मरो लोकेशन अलि राम्रोसँग बुझिने गरी भनेपछि उताबाट त्यो एरिया आफ्नामा नपर्ने र त्यसका लागि नो लाईट ठिमीमा कल गर्नुभन्दै नम्बर समेत दिइयाे । 

उक्त नम्बरमा मैले कल गर्दा साँझको करिब ६:३० बजिसकेको थियो र यताउता घरमा बुझ्दा त्यो दिन पुरै एरियाको नभई म बस्ने घरमा मात्र बिजुली गएको रहेछ । मैले सोही मुताबिक आफ्नो घरमा बिजुली नभएको जानकारीसहित घरधनीको नाम समेत बताएँ र उताबाट सम्भव भएसम्म आजै आउने आश्वासन प्राप्त समेत भयो ।

मैले फोन गरेको करिब आधा घण्टामा विद्युत प्राधिकरणका कर्मचारी मेरो घरमा आएर बिजुली तार छुटेको रैछ मिलाएर जानु भयो । कुनै समय जति पटक गर्दा पनि फोन नै नलाग्ने, लागिहाले पनि फोन नै नउठ्ने विद्युत प्राधिकरणको सेवा देखेर म एकछिन त दङ्ग नै परे । 

त्यसदिन यता मैले पटक-पटक बिजुलीमा समस्या आँउदा नो लाइटमा फोन गरेको छु हरेक पटक फोन उठेको छ भने कतिपटक त उताबाट कल ब्याकसमेत आएको छ । यसरी एकजनाको प्रयासले एउटा संस्थानमा यतिसम्म परिवर्तन आउँछ भने के देश परिवर्तन गर्न असम्भव होला र ?

पहिलो चरणमा काठमाडाैँ उपत्यकाका नो लाइट सेन्टरहरुलाई प्रभावकारी बनाएको प्राधिकरणले यो सेवालाई देशैभरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने योजना बनाएको छ । पहिले जनशत्ति अभावका कारणले पनि प्रभावकारी सेवा दिन नसकिएकाले अहिले बिस्तारै सेवाहरुलाई अटोमेटेड मनाउँदै जाने तयारी प्राधिकरणको छ ।

यसरी नेपालका हरेक सरकारी निकायहरुको फोन मात्र उठ्ने हो भने पनि नागरिकका आधा गुनासाहरु समाधान हुने थिए । एउटा सामान्य कामको लागि समेत कार्यलयमै पुग्नुपर्ने समस्या सेवाग्राही छन् । पहिलो कुरा त नेपालका सरकारी कार्यलयहरुको फोन उठ्दैन कतै झुक्किएर उठिहाले पनि राम्रो जबाफ आँउदैन यस्ता सरकारी कार्यलयहरुले पनि अब बिद्युत प्राधिकरणबाट केहि पाठ सिक्नुपर्ने जरुरी देखिन्छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको