Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंमा ट्राफिक प्रहरीको एक्सनः एकैदिन २३ सय ८९ जना सवारी चालकमाथि कारवाही

अर्थ संसार

सोमबार, १६ साउन २०७९, १० : ०३ मा प्रकाशित

काठमाडौंमा ट्राफिक प्रहरीको एक्सनः एकैदिन २३ सय ८९ जना सवारी चालकमाथि कारवाही

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ३८९ जना सवारी चालकलाई कारवाही गरेको छ । 

ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा आइतबार कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १४० जना, मदिरा पिएर सवारी साधन चलाउने ११८ जना, तीव्र गतिमा सवारी साधन चलाउने ९४ जना र जथाभावी यात्रु चढाउने तथा ओराल्ने ९१ जना रहेका छन् । 

यस्तै, सडक लेन उल्लंघन गर्ने ८० जना, ढोका खुल्लै राखेर सवारी चलाउने ८२ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ७१ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३२ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २५ जना चालकहरूलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको