Like us!
Follow us!
Connect us!
Watch us!

ट्राफिक नियम उल्लंघनः कुन कसुरमा कति जरिवाना ?

अर्थ संसार

आइतबार, २० चैत्र २०७८, १७ : ०५ मा प्रकाशित

ट्राफिक नियम उल्लंघनः कुन कसुरमा कति जरिवाना ?

सवारी साधन चलाउँदा ज्ञात आज्ञात रूपमा बिभिन्न नियम उल्लङ्घन हुन पुग्छन्, एसरी उल्लङ्घन भएका नियम अनुसार नेपालमा ट्राफिक प्रहरीले चीट अर्थात् जरिवाना लगाउने गर्दछ ।

हामीले समय समयमा ट्राफिक प्रहरीले जरिवाना भन्दा बढी रकम लिएको र जरिवाना रकम कति लिने भन्ने बारे ट्राफिक प्रहरीले नखुलाएको आरोप लगाउँछन् तर ट्राफिक प्रहरीले यशबारे आफ्नो वेबसाइटमा कुन कुन कसुरमा कति जरिवाना लिने भन्ने खुलाइएको छ जुन यस प्रकार छन:

उल्लङ्घन र जरिवाना

(क) यातायात व्यवस्था कार्यालय मार्फत जरिवाना हुने कसुरहरु :-

1.     स्विकृती नलिई सवारीको रंग, सिट संख्या, स्वरुप, ईन्जिन वा चेसिसमा परिवर्तन हुने गरी सवारीमा हेरफेर गरेमा ।

2.     वास्तविक नम्बर प्लेट नराखी आफुखुसी नम्बर राखी सवारी चलाएको वा चलाउन लगाएको ।

(ख) रु.१००० देखि रु.५००० सम्म जरिवाना हुने कसुरहरु:

1.     निर्धारित भाडादर भन्दा बढि भाडा लिई सवारी चलाएमा ।

(ग) रु.१००० देखि रु.१५०० सम्म जरिवाना हुने कसुरहरु:

1.     दर्ता नगरी सवारी चलाएमा ।

2.     विदेशमा दर्ता भएको सवारी अनुमति नलिई चलाएमा ।

3.     वाटो इजाजतपत्र नलिई सार्वजनिक सवारीले यातायात सेवा संचालन गरेमा ।

(घ) रु.१००० जरिवाना हुने कसुरहरु:

1.     सवारी चालक अनुमतिपत्र प्राप्त नगरी सवारी चलाएको ।

2.     सार्वजनिक स्थानमा बाधा पुग्ने गरी मालसामान वा सवारी राखेको ।

3.     दुर्घटनामा परेको सवारी तथा यात्रीको हानि नोक्सानी पुर्‍याएको/सम्पर्कमा नआएको

4.    मादक पदार्थ सेवन गरी सवारी चलाएको ।

5.    सवारी चालक अनुमतिपत्र प्राप्त नगरेको व्यक्तिलाई सवारी चलाउन दिएमा ।

6.     सवारीमा वस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धारण गरिएकोमा सो हद भन्दा बढी राखी सवारी चलाएको ।

7.     यात्रुवाहक सार्वजनिक सवारीमा तोकिए बमोजिमको सिट सुरक्षित नराखेमा ।

8.    सार्वजनिक सवारीमा धुम्रपान गरेमा ।

9.    खतरापुर्ण मालसामानहरु ढुवानी गर्ने मालवाहक सार्वजनिक सवारीले सांकेतिक चिन्ह देखिने गरी नराखी सवारी चलाएमा ।

10.  यात्रुबाहक सार्वजनिक सवारीमा सो सवारीको दर्ता प्रमाणपत्रमा लेखिएको सिट संख्या भन्दा बढी यात्रु राखी सवारी चलाएमा ।

11.   लामो वाटोमा यातायात सेवा संचालन गर्ने यात्रुवाहक सार्वजनिक सवारीमा कम्तिमा दुई जना चालक राखि पालैपालोसंग सवारी नचलाएमा ।

12.   गति निर्धारण गरिएको स्थानमा सो निर्धारित गतिभन्दा बढी वेगले सवारी चलाएमा

13.   तोकिएको ढाँचा अनुसारको टिकट जारी नगरेमा ।

14.  सवारीको अन्य भागमा मानिस राखेको ।

15.  अरु सवारीलाई खतरा हुने किसिमले सवारी राखेको ।

16.   प्रयोजन विपरित सवारी चलाएको ।

17.   पटके बाटो इजाजत नलिई सवारी चलाएमा ।

(ङ) रु.५०० देखि रु.१५०० सम्म जरिवाना हुने कसुरहरु:

1.     ट्राफिक बत्तीले रोक्न संकेत गरेकोमा नरोकेमा ।

2.     सवारी अड्याउन वा राख्न निषेध गरिएको ठाउँमा वा समयमा सवारी अड्याएमा वा रोकेर राखेमा ।

3.     सवारी मोड्न निषेध गरिएको ठाउँमा सवारी मोडेको ।

4.    सडकमा गलत साईड तर्फबाट सवारी चलाएको ।

5.    एकतर्फी सडकमा सो विपरित सवारी चलाएको ।

6.     अवस्था ठिक नभएको सवारी चलाएको ।

7.     राति बत्ति नवालि सवारी चलाएको ।

8.    सवारी चलाउन निषेध गरिएको ठाउँमा वा समयमा सवारी चलाएको ।

9.    नम्बर प्लेट नराखी सवारी चलाएको ।

10.  पेटी नवाँधि वा हेल्मेट नलगाई सवारी चलाएको ।

11.   सार्वजनिक सवारीको चालकले यात्री लिन इन्कार गरेको ।

12.   लापरवाहिका साथ सवारी चलाएको ।

13.   सवारीको वजन हद निर्धारण क्षेत्रमा बढी वजनको सवारी चलाएको ।

14.  स.चा.अ.प.,स.द.कि.,स.इ.प.साथमा नराखी सवारी चलाएको ।

15.  ट्राफिक संकेत वा इशारा उल्लंघन गरी सवारी चलाएको ।

16.   ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा ध्वनि संकेत दिएको ।

मा.प.से., लेन र रातो बत्ती उल्लंघन कसुरमा अनिवार्य सचेतना कक्षा लिनु पर्ने भएकोले सम्पूर्ण प्रक्रियाहरु महाशाखाबाट हुने छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको