Like us!
Follow us!
Connect us!
Watch us!

बुटवलमा मुख्य सडकमै स्टन्ट देखाएर सामाजिक सञ्जालमा हाल्दा ११ मोटरसाइकल प्रहरी नियन्त्रणमा

अर्थ संसार

शुक्रबार, ०८ मंसिर २०८०, १३ : ४६ मा प्रकाशित

बुटवलमा मुख्य सडकमै स्टन्ट देखाएर सामाजिक सञ्जालमा हाल्दा ११ मोटरसाइकल प्रहरी नियन्त्रणमा

बुटवलमा मुख्य सडकमै स्टन्ट देखाउने ११ मोटरसाइकललाई प्रहरी नियन्त्रणमा लिएको छ ।

स्वरुप परिवर्तन गरी  ध्वनी प्रदुषणका साथै ट्राफिक नियम उल्लंघन गरेको आरोपमा ती मोटरसाइकलहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सार्वजनिक स्थान एवं सडकहरुमा अस्वभाविक तवरवाट सवारी आवागमनमा बाधा पर्ने गरी समूह बनाई मोटरसाइकल स्टन्ट गर्ने, अस्वभाविक ध्वनी निकाली प्रदुषण गर्ने लगायतका कार्य गरेको प्रहरीले जनाएको छ ।

केही दिनअघि सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा मुख्य सडकमै उक्त समूहले स्टन्ट देखाउँदै मोटरसाइकल चलाएको देख्न सकिन्छ । त्यसपछि ट्राफिक प्रहरीले चेकजाँच एवं खोजतलास गरी विभिन्न कम्पनीका ११ वटा मोटरसाइकलहरु नियन्त्रणमा लिएको जनाएको छ । घटनानारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको