Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकको नाफा ३ अर्ब २१ करोड, ईपिएस कति ?

अर्थ संसार

बुधबार, १८ साउन २०७९, ०८ : ४२ मा प्रकाशित

सिद्धार्थ बैंकको नाफा ३ अर्ब २१ करोड, ईपिएस कति ?

सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको नाफामा बृद्धि आएको छ । 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले ३ अर्ब २१ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १२.७८ प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब ८५ करोड ४८ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी पनि २७.७३ प्रतिशतले बढेर ७ अर्ब ३ करोड ८१ लाख रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी ५ अर्ब ५१ करोड २ लाख रूपैयाँ रहेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि १३.१६ प्रतिशतले बढेर ४ अर्ब ७१ करोड ५० लाख रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले ४ अर्ब १६ करोड ६७ लाख रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब १० करोड ६८ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, बैंकको चुक्ता पुँजी १२ अर्ब ५२ करोड ४४ लाख रुपैयाँ र जगेडा कोषमा ७ अर्ब ७८ करोड ४२ लाख रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २६ रुपैयाँ ४ पैसाबाट घटेर २५ रूपैयाँ ७१ पैसामा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ९८ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको