Like us!
Follow us!
Connect us!
Watch us!

२१.४० रुपैंया ईपीएस रहेको सिद्धार्थ बैंकको अरु सूचकको अवस्था कस्तो ?

अर्थ संसार

सोमबार, २१ साउन २०८१, ०८ : ३८ मा प्रकाशित

२१.४० रुपैंया ईपीएस रहेको सिद्धार्थ बैंकको अरु सूचकको अवस्था कस्तो ?

सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

खुद नाफा 
सिद्धार्थ बैंकले गत आर्थिक वर्षको असार मसान्त सम्म ३ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ।अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा ४.७८ प्रतिशत घटेको हो। 

खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानी

असार मसान्त सम्म बैंकको खुद ब्याज आम्दानी २.३३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ३.४३ प्रतिशतले बढेको छ। बैंकले गत असार सम्म ७ अर्ब ९९ करोड खुद ब्याज आम्दानी गरेको थियो भने १ अर्ब ३९ करोड 
खुद फि तथा कमिशन आम्दानी गरेको थियो। 

सञ्चालन मुनाफा
बैंकको सञ्चालन मुनाफा ६.१० प्रतिशतले घटेर ४ अर्ब ३६ करोडमा सिमित भएको छ। 

खराब कर्जा
बैंकको खराब कर्जा २.०१ प्रतिशतबाट बढेर २.२२ प्रतिशत पुगेको छ। 

इम्पेरमेन्ट चार्ज
१ अर्ब २३ करोड

प्रति सेयर आम्दानी
२१ रुपैयाँ ४० पैसा (१ रुपैयाँ ७ पैसा घटयो)

प्रति सेयर नेटवर्थ
१९६ रुपैयाँ ३६ पैसा

मूल्य आम्दानी अनुपात
१३.२२ गुणा 

वितरणयोग्य मुनाफा
३६ करोड ६६ लाख रुपैयाँ

चुक्ता पूँजी
१४ अर्ब ८ करोड रुपैयाँ 

जगेडा कोष
१३ अर्ब ५७ करोड रुपैयाँ सञ्चित

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको