Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकको २३ औँ वार्षिक साधारण सभा पुस २८ गते

अर्थ संसार

आइतबार, ०७ पुस २०८१, ०८ : ३१ मा प्रकाशित

सिद्धार्थ बैंकको २३ औँ वार्षिक साधारण सभा पुस २८ गते

सिद्धार्थ बैंकको २३ औँ वार्षिक साधारण सभा पुस २८ गते

सिद्धार्थ बैंक लिमिटेडले आफ्नो २३ औँ वार्षिक साधारण सभा पुस २८ गते आइतबार बोलाएको छ। सभा काठमाडौँको आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान साढे १० बजे शुरु हुनेछ।

४ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव

सभाले हाल कायम चुक्ता पूँजीको कर सहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव

साधारण सभामा एसबिएलले ८.२५ प्रतिशत अग्राधिकार सेयर जारी गर्ने सम्बन्धी प्रस्तावलाई पनि नियमनकारी निकायको स्वीकृतिपछि पारित गराउने योजना बनाएको छ।

सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावलाई पनि पारित गर्नेछ। सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा समेत राखिएको छ।

बुकक्लोज

साधारण सभा तथा लाभांश वितरणका लागि बैंकले पुस १४ गते बुकक्लोज गर्ने जनाएको छ।यस अनुसार, पुस १३ गतेसम्म नेप्सेमा कारोबार गरी कायम सेयरधनीहरुले साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको