Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकको १ लाख ७६ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

अर्थ संसार

आइतबार, ०८ असार २०८२, ०८ : १० मा प्रकाशित

सिद्धार्थ बैंकको १ लाख ७६ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

सिद्धार्थ बैंक लिमिटेडले १ लाख ७६ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। बैंकले यसअघि राष्ट्र बैंकको निर्देशनअनुसार संस्थापक सेयरधनीहरूलाई प्राथमिकता दिई बिक्री प्रक्रिया सुरु गरेको थियो। तर तोकिएको समयसीमाभित्र आवेदन नपरेपछि सर्वसाधारणले समेत किन्न सक्ने गरी अब उक्त सेयर खुला गरिएको हो।

बिक्रीमा ल्याइएका सेयरमध्ये १ लाख ५१ हजार कित्ता सुरेश कुमार केडियाको नाममा रहेको र २५ हजार कित्ता निरसुवा गुरुङको नाममा रहेको संस्थापक सेयर रहेका छन्।

शेयर किन्न इच्छुक व्यक्तिहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्नेछ। यसका लागि इच्छुकहरूले काठमाडौं, नक्सालस्थित कम्पनी सचिवको कार्यालयमा आवेदन दर्ता गराउनु पर्ने बैंकले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको