Like us!
Follow us!
Connect us!
Watch us!

ब्रोकरले सेयरकर्जा दिने बाटो खुल्यो, मार्जिन कारोबार गर्न राष्ट्र बैंकको अनुमति

अर्थ संसार

बुधबार, १८ साउन २०७९, ११ : २३ मा प्रकाशित

ब्रोकरले सेयरकर्जा दिने बाटो खुल्यो, मार्जिन कारोबार गर्न राष्ट्र बैंकको अनुमति

नेपाल राष्ट्र बैंकले भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रा.ली(ब्रोकर नं.५५) लाई मार्जिन कारोबारका लागि कर्जा प्रदान गरेको छ । अब लगानीकर्ताहरुले सेयर कारोबारका लागि ब्रोकरहरु मार्फत नै कर्जा लिन सक्नेछन् । 

राष्ट्र बैंकले साउन १६ गते उक्त कम्पनीलाई मार्जिन कारोबारका लागि कर्जा प्रवाह गर्ने अनुमति दिएको हो । भृकुटी स्टक ब्रोकरले नेपाल स्टक एक्सचेन्ज मार्फत मार्जिन कारोबारका लागि कर्जा प्रदान गर्न अनुमति माग गरेको थियो । 

नेप्सेको सिफारिस बमोजिम नेपाल धितोपत्र बोर्डको नीति निर्देशन एवम् नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबाट जारी मार्जिन कारोबार सम्बन्धी कार्यविधि २०७५ अनुसार तोकिएका प्रावधानका सीमाभित्र रही तथा अन्य प्रचलित कानुनको परिपालना भए नभएको नेप्सेबाट यकिन गर्ने गरी नपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७६ बमोजिम मार्जिन कारोबारका लागि कर्जा प्रवाह गर्ने अनुमति प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको पत्रः

62ea0a2e6442d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको