Like us!
Follow us!
Connect us!
Watch us!

‘मौद्रिक नीतिको सर्कुलर हल्ला गरिएजस्तो नकारात्मक छैन’

अर्थ संसार

बुधबार, १८ साउन २०७९, १७ : ३७ मा प्रकाशित

‘मौद्रिक नीतिको सर्कुलर हल्ला गरिएजस्तो नकारात्मक छैन’

सेयर विश्लेषक एबं बजारका सक्रिय लगानीकर्ता केशब कोईराला काकाले मौद्रिक नीतिको सर्कुलर बजारमा हल्ला गरिएजस्तो नकारात्मक नरहेको बताएका छन् । 

‘आज राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको सर्कुलर हल्ला गरे जस्तो नकारात्मक छैन, यसले बजारलाई थप हानी पुर्याउने देखिदैन व्यक्तिगत रुपमा मेरा लागि यो सोचेभन्दा पनि सकारात्मक छ’ उनले भने ।

‘जसरी पहिलेदेखि नै मौद्रिक नीति र यसको सर्कुलर मार्फत बजारलाई नकारात्मक प्रभाव पार्ने कुराहरु आँउछन् भन्ने हल्ला गरिएको थियो त्यो मौद्रिक नीति र त्यसको सर्कुलरमा आएन’ उनले भने ‘बजारको बृद्धि र गिरावट भन्ने कुरा सामान्य नै हो तर यहि नीतिले नै बजारलाई हिट गरेर नकारात्मक हुने संभावना म देख्दिन ।’ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको