Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास बैंकको नाफा १८ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा ८१ करोड

अर्थ संसार

विहीबार, १९ साउन २०७९, ०६ : २६ मा प्रकाशित

मुक्तिनाथ विकास बैंकको नाफा १८ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा ८१ करोड

मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको नाफामा बृद्धि आएको छ । 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले १ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १८.४७ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब १५ करोड रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी २१.०८ प्रतिशतले बढेर ३ अर्ब ३७ करोड ६५ लाख रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी २ अर्ब ७८ करोड ८६ लाख रूपैयाँ रहेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा १९.५० प्रतिशतले बढेर १ अर्ब ९६ करोड १९ लाख रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले १ अर्ब ६४ करोड १७ लाख रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ८१ करोड ५९ लाख रुपैयाँ रहेको छ जुन गत बर्षको तुलनामा ५.१८ प्रतिशतले कम हो ।

त्यस्तै, बैंकको चुक्ता पुँजी ५ अर्ब ६५ करोड ७१ लाख रुपैयाँ र जगेडा कोषमा २ अर्ब ४४ करोड ४३ लाख रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएसं) २४ रुपैयाँ ३ पैसाबाट बढेर २४ रूपैयाँ २२ पैसामा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ २१ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको